Saturday 27th December 2025

अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोरोना संक्रमित पुष्टि


संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ ।

अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमित देखिएका हुन् ।

कोभिड १९ संक्रमितको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४ लाख १८ हजारको हाराहारीमा पुगेको छ ।

हालसम्म अमेरिकामा पाँच करोड ६१ लाख ९१ हजार ७ सय ३३ जनामा कोभिड १९ संक्रमण देखिएको छ भने आठ लाख २७ हजार सात सय ४९ संक्रमितको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...