Friday 14th August 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८३ औं काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८३ औं मेरो संस्कृति मेरो गौरव विषय काव्य श्रृङ्खला यहि २०७८ पुष १४ गते सम्पन्न भएको छ ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, वरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्य, कलानिधि दाहाल,उर्मिला पन्त,विन्दू दाहालको विशिष्ट आतिथ्यता अनी शारदा आचार्यको कुशल उद्घोषणमा ८३ औं विशेष श्रृङ्खला २२ जना साहित्यकारको सहभागितामा सम्पन्न भएको हो।

८३ औं काव्य श्रृङ्खलाको विशेष उपस्थितिमा,पूर्ण पन्त, शुरेश घिमिरे, लक्ष्मी प्रसाद मिश्र, कृष्ण प्रसाद मिश्र, सरस्वति श्रेष्ठ, बिनु बाबा घिमिरे, आर्त अकुलीन, रेणु घिमिरे, चन्द्रावती अधिकारी, द्वारिका कुइकेल, सिता अधिकारी पाण्डे, जानुका थापा, अवि अधिकारी, हरि प्रसाद चौलागाई् लगायत २५ जना साहित्यकारहरूले आ-आफ्ना विशेष रचना प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि गंगा लिगलले संस्कृति जागृत गराउने कुरा हो भन्नु हुदै रचन सुनाउनु थयो । चन्द्रागिरिले यो भेटने मौका दिएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो सिर्जना सुनाउनु भयो ।गंगा लिगल,कलानिधि दाहालले शुभकामना मन्तव्य दिनु हुँदै चन्द्रागिरिको नियमितता र विधागत भेराइटी मुख्य विशेषता बनेकोछ भन्नु हुँदै हरेक श्रीङ्खलामा नयाँ स्रष्टा जोडिन पनि खुशीको कुरा हो भन्नु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले (खोरिया पर्वतक)खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी दिनु हुँदैकविता सुनाउनु भयो ।हरेक हरेक श्रृङ्खलामा अमूल्य समय दिएर यहाँहरु जोडिनु भएकोले आयोजकलाइ उत्साह थपिएको व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत सम्पूर्ण साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

पछिल्लो २४ घण्टामा रुस–युक्रेन मोर्चामा २२२ वटा भिडन्त भएका छन्। सबैभन्दा बढी आक्रमण कोस्त्यान्तिनिभ्का क्षेत्रमा (२९ वटा) भएको युक्रेनी सेनाले…

प्रतिकृयाहरू
...