Saturday 26th July 2025

टहल आचार्यको गजल संग्रह – ३१


कोही भारतीय दलाल पाईजामा कट्टु भाछन् ,
कोही चीन अमेरिकी भाडाका ती टट्टु भाछन् ।

नातागोता आफ्नालाई पाएसम्म सिध्याउन ,
कोही घरभित्रै स्याल ब्वाँसो झैँ छट्टु भाछन ।

यो देशका धरोहर पसिनाको कमाई खाने ,
कोही सोझा खेतिवाल गोठाला र घट्टु भाछन् ।

मरे बाँचे बाल छैन घाटा नाफा जे भए नी ,
कोही गाँजा धतुरोमै सँधैभरी लट्ठु भाछन् ।

साधु सन्त पनि यहाँ ब्यभिचारी भ्रष्टचारी ,
कोही चोर पकेटमारा मगन्ते र भट्टु भाछन् ।

टहल आचार्य


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...