नारायण कोइराला – कमलराज रेग्मी वर्ष पुरस्कार अशोकमान सिंलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पा कत्र १६ औ बार्षिक दिवस, छैठौं निर्वाचन अधिवेशन,९३ औ कुलमणि देवकोटा जन्मजयन्ती, कमलराज रेग्मी वर्ष पुरस्कार अभनन्दन, सम्मान ,पुरस्कार तथा छात्रवृत्ति बितरण कार्यक्रम मा रू. २५ हजार नगद पुरस्कार सहित अशोक आर्टलाई अभिनन्दन गरिएको हो ।
प्रतिष्ठानका संरक्षक एवं अक्षयकोषदाता समेत रहनु भएका डा. प्रकाशराज रेग्मीले आगमी वर्षदेखि पुरस्कारको राशी रू ५१ हजार गरिने घोषणा गर्नुभयो । अभिनन्दित, पुरस्कृत, सम्मानित व्यक्तित्वहरूलाई शुभकामना दिनुका साथै आयोजकको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रमुख अतिथि साहित्यकार हरि बहादुर कुँवरले प्रतिवध्द र लगनशील व्यक्तिलेनै सफलता पाउँछ भनी बताउनु भयो ।
प्रतिष्ठानले कमलराज रेग्मी वर्ष पुरस्कारकासाथै कुलमणि देवकोटा प्रतिभा पुरस्कार (रू.५०००)- देवेन्द्र लम्साल ( स्याङ्जा ), लक्ष्मीप्रिय जगतबहादुर प्रतिभा पुरस्कार(रू.५०००) -भागीरथी श्रेष्ठ,जगतकुलमणिकविन्द्र त्रिनक्षत्र पुरस्कार (रू.५०००)- नीलकण्ठ न्यौपाने, इन्द्रलाल भारती शिक्षा सेवा सम्मान -देवीप्रसाद बज्राचार्य, दीननाना साहित्य सेवा सम्मान- शारदा खनाल, शक्तिराज रेग्मी संचार सेवा सम्मान- किरण कौशल, राधाबद्री स्मृति स्वयंसेवा सम्मान- वंकिमचन्द्र खनाल, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कार (रू. ३०००)- अम्बिका मल्ल, बालहरि स्वास्थ्य सेवा सम्मान – सुरेन्द्र पौडेल, तुलठगी प्रतिभा पुरस्कार – न्यू होराइजन मा.बि.का बिशाखा बज्राचार्य, कृतिका पाण्डे, रितिका खनाल र सिम्रन शर्मा बन्जाडेलमई समेत पुरस्कृत एवं सम्मानित गरियो ।
विमला कमल चारवर्षे छात्रवृत्ति १० बिधालय , ज्ञानज्योति छात्रवृत्ति ५ बिधालय, सीबिका छात्रवृत्ति १ बिधालय र दीनकुमारी छात्रवृत्ति १ शिक्षालयका बिधार्थीलाई प्रदान गरियो । शैक्षिक छात्रवृत्तिले आगामी दिनमा समेत निरन्तरता पाउनेछ ।
राजनितीज्ञ, दार्शनिक, साहित्यकार कमलराज रेग्मी राष्ट्रिय स्तरमै चर्चित युगपुरूष हुन् । बि. सं. २००७ सालमा प्रजातन्त्र ल्याउन उनको ठूलो योगदान रहेको छ । स्व . कमल राज रेग्मीको नाममा स्थापित वर्ष पुरस्कार हालसम्म साहित्यकार झपेन्द्र बहादुर जिसी, बिश्वमान बज्राचार्य, राधा भारती र अशोक आर्टलाई प्रदान गरिएको छ । अशोक आर्ट पाल्पा तानसेनमा जन्मी काठमाडौंमा कर्म गरि राष्ट्रिय स्तरमै स्थापित कलाकार, चित्रकार, फोटोपत्रकार एवं साहित्यकार हुन् ।
पुष्कर राज रेग्मीको अध्यक्षता, साहित्यकार हरि बहादुर कुँवरको प्रमुख आतिथ्यता, प्रा. डा. प्रकाशराज रेग्मीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वागत रोहित ज्ञवाली र संचालन महा सचिव चन्द्रकान्तले गरेका थिए ।रेडक्रस पाल्पाको सभाहलमा आयोजित उक्त कार्यक्रममा ९२ जनाको सहभागीता रहेको थियो ।