Wednesday 14th October 2026

रामराजा के.सी. र गुणनिधी घिमिरे,दुई सर्जकका गहन र चोटिलो पञ्चाङ्गहरु


“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नि ठिक आधार”

पञ्चाङ्ग-१

मरिसकेँ भनु भने श्वास अझ‌ चलिरहेछ मेरो
बाँच्नलाई ज्वाला आगोको मुटुमा बलिरहेछ मेरो
धमिरा त्यो सल्किएको काठ झै भइसक्यो यो मन त
गलित अनि थकित खोक्रो जिउ गलिरहेछ मेरो
अरूलाई हेर्दा त भाग्यले चाहिँ छलिरहेछ मेरो।

पञ्चाङ्ग- २

के भएको यस्तो? सँधै टिक्टक् मा थाल्यौ भुल्न तिमी
गयौ अरूसँग चियामा चिनी सरि घुल्न तिमी
यो भाञको म अत्याधुनिक हुन नजानेर होला
दुःख र काममा परें जानिन जस्तै झुल्न तिमी
फेसबुकको संसारमा जानेछौ नि डुल्न तिमी।

पञ्चाङ्ग- ३

जब म चढ्नेछु अरथी चढ्नु डोली तिमीले
अन्त्म दर्शन पाइन नभन्नु भोली तिमीले
भिख मागें मायाको जनि गर्छौ कि भन्दै मैले
तर लत्याएर गयौ भरिनौ झोली तिमीले
किन यति सहजै फेरिदियौ बोली तिमीले

पञ्चाङ्ग- ४

भौंतारिएरै दिनहरू अचेल काटेको छु मैले
रातको त्यो निन्द्रासँग तिम्रो याद साटेको छु मैले
थाहै नदिइ भैसकेछ बिछोड पिरतिमा हाम्रो
सहन सकिन अब प्राण त्याग्न आँटेको छु मैले
मनको आगो शान्त पार्न जहर चाटेको छु मैले

पञ्चाङ्ग- ५

भर्भराउँदो कोइला माछाको बास भयो भने
कस्तो पीडा हँदो होला जीउने आस भयो भने
त्यस्तै पीडा हुँदोरहेछ नि जीवनका बाटामा
निस्ठुरि मान्छे त मनमा बसि खास भयो भने
काम कुरै नबुझी पिरतिमा दास भायो भने ।

-रामराजा के.सी., काठमाडौं फर्पिङ

१
सगरमाथा विश्वमा उच्चा झुक्छ र कहिल्यै
गोर्खाली विर थाकेर कँही चुक्छ र कहिल्यै
विश्वमा नाता गोर्खाली साथ अटल देखिन्छ
पहाडी खोला नदि र नाला सुक्छ र कहिल्यै
आँट् कस्को होला नेपालीलाई थुक्छ र कहिल्यै ।

२
मान्छे नदेखी हुदैन माया समय खराब छ
घाम नझुल्की हुदैन छायाँ समय खराब छ
फेसबुकमा त हिरो हिरोइन को फोटो बाई
हल्का नखाई हुदैन काया समय खराब छ
गोजी नहाली हुदैन साया समय खराब छ।

३
घर लाग्दो छ आर्त सर को पञ्चाङ्ग
फेरि लेख्नु सर यस्तै अर्को पञ्चाङ्ग
म पनि सिक्ने मौका धेरै पाएको छु
लेख्छु पर्छ खुट्टा तान्ने हर्को पञ्चाङ
म लेख्छु अब आफ्नै घरको पञ्चाङ ।।

४
माथि पुर्याउन ढुंगा गाह्रो पर्दछ मानिस
तलतिर लगे थोरै बल गर्दछ मानिस
तल झर्न सजिलो छ माथि पुग्न बहुत् कठिन्
लाखौं सत्कर्मले मात्र माथि चढ्दछ मानिस
एउटै गल्तिमा झ्वाट्टै तल झर्दछ मानिस ।

५
जाति धर्म विभेद रहित रहोस साहित्य
समाजको यथार्थ सत्यता कहोस साहित्य
अरुलाई तल पार्नु कायरता हो बुझ्नु पर्छ
कोही तल कोही माथि पार्ने नहोस साहित्य
युगौँ सम्म एकै अर्थ दिने होओस साहित्य ।।

– गुणनिधि घिमिरे, पाँचथर
हालः अमेरिका


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...