Sunday 23rd June 2024

सविता के.सी. का केही पञ्चाङ्गहरू


पञ्चाङ्ग १

सिन्दुर पोते साक्षी छ वर सर्दा के भयो
दुई शरीर एउटै बात गर्दा के भयो
प्रकृतिले मान्छ संसार चलेकै छ हेर
तिम्रो मेरो एउटै नजर, पर्दा के भयो
सन्तुष्टिका दुई थोपा आँसु झर्दा के भयो

पञ्चाङ्ग २

दुख्छ मन देखिन्छ आँखामा समाउँछ साथी
खोतल्छ, हेर्छ हृदय अनि रसाउँछ साथी
साथित्वको भावना पाइन्न किन्नलाई पनि
डोहोर्याई डाक्टर समक्ष जचाउँछ साथी
पिर व्यथालाई माया गरी जलाउँछ साथी ।

पञ्चाङ्ग ३

आधुनिकता भन्छ ढोल बजाउँछ उता
नीति नियम सं‌स्कारका नघाउँछ उता
कर्तव्य आफूलाई चिन्नु सं‌स्कार मान्नु
स्वाभिमान किन्छ वर्तन मझाउँछ उता
उत्ताउलो व्यवहार छ गनाउँछ उता ।

पञ्चाङ्ग ४

आफ्नै मान्छे खोटो भयो यस्तै सुन्छु म
हो कि होइन जीवनलाई गुन्छु म
कालो धब्बा नदल, कसम नखाऊ
हृदयले तानिदिन्छ वर हुन्छु म
भावनाले जिन्दगीभित्र छुन्छु म ।

पञ्चाङ्ग ५

एक्लै एक्लै बस्छौ तिमी हराएको जस्तो लाग्छ
आफ्नो भन्नु थोरै, बाँकी परायको जस्तो लाग्छ
नलुकाऊ कुरा तिम्रै हूँ म पनि आफ्नो देखे
अपराध छैन भन्छौ डराएको जस्तो लाग्छ
एकान्तमा बर्बराई कराएको जस्तो लाग्छ ।

सविता के.सी., काठमाडौं


सम्बन्धित शीर्षकहरु

ब्रान्डेड पेय पदार्थहरू किन्न नसक्ने ग्राहकहरूलाई विक्रेताहरूले ठूलो नाफाको लागि सस्तो रक्सी बेच्छन्। भारतको दक्षिणी राज्य तमिलनाडुमा मिथानोल मिसिएको रक्सी…

कुवेत - नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । समितिको चौथो अधिवेशनले…

भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले बताएका छन्। मदिरा सेवनका कारण बिरामी…

प्रतिकृयाहरू
...