Sunday 21st June 2026

सविता के.सी. का केही पञ्चाङ्गहरू


पञ्चाङ्ग १

सिन्दुर पोते साक्षी छ वर सर्दा के भयो
दुई शरीर एउटै बात गर्दा के भयो
प्रकृतिले मान्छ संसार चलेकै छ हेर
तिम्रो मेरो एउटै नजर, पर्दा के भयो
सन्तुष्टिका दुई थोपा आँसु झर्दा के भयो

पञ्चाङ्ग २

दुख्छ मन देखिन्छ आँखामा समाउँछ साथी
खोतल्छ, हेर्छ हृदय अनि रसाउँछ साथी
साथित्वको भावना पाइन्न किन्नलाई पनि
डोहोर्याई डाक्टर समक्ष जचाउँछ साथी
पिर व्यथालाई माया गरी जलाउँछ साथी ।

पञ्चाङ्ग ३

आधुनिकता भन्छ ढोल बजाउँछ उता
नीति नियम सं‌स्कारका नघाउँछ उता
कर्तव्य आफूलाई चिन्नु सं‌स्कार मान्नु
स्वाभिमान किन्छ वर्तन मझाउँछ उता
उत्ताउलो व्यवहार छ गनाउँछ उता ।

पञ्चाङ्ग ४

आफ्नै मान्छे खोटो भयो यस्तै सुन्छु म
हो कि होइन जीवनलाई गुन्छु म
कालो धब्बा नदल, कसम नखाऊ
हृदयले तानिदिन्छ वर हुन्छु म
भावनाले जिन्दगीभित्र छुन्छु म ।

पञ्चाङ्ग ५

एक्लै एक्लै बस्छौ तिमी हराएको जस्तो लाग्छ
आफ्नो भन्नु थोरै, बाँकी परायको जस्तो लाग्छ
नलुकाऊ कुरा तिम्रै हूँ म पनि आफ्नो देखे
अपराध छैन भन्छौ डराएको जस्तो लाग्छ
एकान्तमा बर्बराई कराएको जस्तो लाग्छ ।

सविता के.सी., काठमाडौं


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...