Wednesday 14th October 2026

उर्मिला पन्त पाण्डेयका केही षड्ऋतुहरू


षडऋतुहरु

१
सर्ब जन प्राणी
बोलौँ मिठो वाणी
दुई दिने चोला
कसो गर्ने होला
नाचेर रमाऔँ
हाँसेर विताऔँ

२
विहानको सित
पातमा तप्केको
सूर्यको किरण
फूलमा टल्केको
मग मगाउँदो
वासना गम्केको
३
जाडोको समय
चिसोको मौसम
कसरी जोगिने
दु:खि गरिवले
छैन गाँस बास
कस्को गर्नु आश

४
हेमन्तको चिसो
मधुरो छ घाम
सबै मिलीजुली
खाऔँ तातो माम
माम खाए पछि
गरौँ आफ्नो काम

-उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर ,काठमाण्डौँ


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...