Wednesday 14th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८१ औं मुक्तक विशेष काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८१ औं मुक्तक विशेष काव्य श्रृङ्खला यहि २०७८ मंसिर २९ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार कलानिधि दाहालको प्रमुख आतिथ्यमा,गोविन्द घिमिरे बेदमणी,गंगा लिगलको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा को कुशल उद्घोषणमा ८१ औं मुक्तक विशेष श्रृङ्खला १८ जना साहित्यकारको सहभागितामा सम्पन्न भयो ।

८१ औं मुक्तक विशेष काव्य श्रृङ्खलाको विशेष उपस्थितिमा,सिता पाण्डे,लक्ष्मी प्रसाद मिश्र,उर्मिला,आर्त अकुलिन,चन्द्रावती अधिकारी,द्वारिका कुइकेल,दुर्गा अधिकारी भमरकोटे,शारदा आचार्य,चुडा निर्भिक,शोभा कडरिया,लक्ष्मी बस्याल,माया उपाध्याय,गंगा आचार्य,लगायत १८ जना साहित्यकारहरूले आ-आफ्ना मुक्तक विशेष रचना प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि कलानिधि दाहाल चन्द्रागिरिको नियमितता र विधागत भेराइटी मुख्य विशेषता बनेकोछ भन्नु हुँदै नया हरेक श्रीङ्खलामा नयाँ स्रष्टा जोडिन पनि लोक प्रियताको अर्को पाटो हो भन्नुहुँदै मुक्तक सुनाउनु भयो ।महा काव्यकार गोविन्द घिमिरे वेदमणी,र गंगा लिगल ज्यूले साहित्यमा चन्द्रागिरिको नियममितताको प्रशंसा गर्नु हुदै शुभकाना व्यक्त गर्नु हुँदै मुक्तक सुनाउनु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले (खोरिया पर्वतक)खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी दिनु हुँदै मुक्तक सुनाउनु भयो ।चन्द्रगिरिको हरेक श्रृङ्खलामा माया गरेर जोडिनु भएकोलेनै ८१ औं श्रृङ्खला सम्म खुशी ग्रहण गर्न पाएको र आयोजकलाइ अझ उत्साह थपिएको व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत सम्पूणर् साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...