Wednesday 14th October 2026

सागर भण्डारी “विभोर”का चार मुक्तकहरू


मुक्तक

मैंले प्रेम गरे तिमीमा समर्पित हुने प्रण गरेर ।
गयौ मेरो भावनाको फुलबारीमा भ्रमण गरेर ।
स्वरूप हेरेर कसैको नियत बुझ्न सकिन्न रैछ
भन के पायौ निश्छल मन मुटुको परीक्षण गरेर ।

माहाभारतको युद्ध पनि टारेर टरेन ।
पापिहरू मारिए तर पाप मारेर मरेन ।
विधाताको विधान बुझ्न सकिन्न सायद
असत्यले आफ्नो वशमा केहि पारेर परेन ।

खुसीको जिन्दगी बाट हात धुन बाध्य बनायौ ।
तिमी बाहेक अरु कसैको नहुन बाध्य बनायौ ।
तिम्रा ति गल्तीहरू ढाक्दा म कालो बादल बनें
त्यो आकाश आँखा बाट चुहाउन बाध्य बनायौ ।

म सङ्ग सबै पुरानो छ नया के छ र ।
तिम्रो याद बाहेक अरु यहाँ के छ र ।
म डुबें तिमीमा भुलेर आफैलाई पनि
तिमी बिनाको जिन्दगीमा आशा के छ र ।

सागर भण्डारी “विभोर”
बगनासकाली ६ पाल्पा
हाल- अफ्रीका


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...