षडऋतु: जाडो
१ जाडो सुरु भयो
तातो पानी खावौ
घाम पनि ताप्यौ
चिसो टाढा जान्छ
सुन्तला खाएर
जाडो मजा लाग्छ ।
२
जाडो बढेकै छ
घाम लागेकै छ
धनी का महल
गरिब का छाप्रो
कसरी जान्छ खै
पूषको त्यो जाडो
३
धनिका महल
सोलार को पानी
गरिबका छाप्रो
परालको आगो
कसरी जाने हो
गरिबको जाडो
४
कसले खै देख्नु
दुखिको अबस्था
कसले खै गर्नु
तिनको ब्यबस्था
नत ताप्ने आगो
नत खाने तातो
५
सम्झिदा खेरिनै
मन मेरो रोयो
तिनि साना बाला
केगरि बस्छन
जाडो को मौसम
कसरी टार्छन
६
केनै गर्न सक्छु
प्रार्थना भए नि
ईश्वर लाई गर्छु
गरिबको जाडो
हे ईश्वर हरन
रक्षा है गरन।
शोभा आचार्य गौतम काठमाडौ