षडऋतु – काव्य
हेमन्त ऋतुले
प्रकृति रमाउन्
सबैका घरमा
फुलमा भमरा
घाममा बसेर
हेर्दछन् जमरा!
चिसो बढ्ने बेला
शीत खस्ने होला
बिहान बेलुकी
न्यानो चाचा नाना
तातो तातो खाना
मिलाउ है बाना
मकै भट्ट खाजा
मुला काटी ताजा!
दहि महि भए
सुनमा सुगन्ध
किन खानु पिज्जा
बर्गर र म. म.
यिनैमा पोषण
सबै जुटी खाउ!
प्रोटिन नि मिल्छ
क्याल्सियम मिल्छ
ताजा मुला साग
भिटामिन मिल्छ
हाम्रा खाने कुरा
अती धेरै गुण !
कमला देवकोटा, पाल्पा
षडऋतु: हिंसा बिरुद्धको अभियान
१_
हिंसा बिरुद्धको
अभियान हो रे
जताततै भन्दै
सोह्र दिन गन्दै
भाषणमा हुन्छ
ब्यबहारमा हुन्न
२_
बेला आयो कस्तो
बोलि कति सस्तो
भाषण ले रोक्ने
झुटो कुरा खोक्ने
हामी सोझा साझा
सधै तालि ठोक्ने
३_
नेता जम्मा हुन्छन्
गफै मात्र चुट्छन्
जहाँ बज्यो तालि
काम कुरो जालि
औला मात्र गन्ने
झुटो कुरा भन्ने
४_
गाउँ बाट उठौ
सबै जना जुटौ
बोलिमा सिमित
नरहोस् है अब
हत्या हिँसा रोक्न
जुटौ यहाँ सब
५_
बच्चा बृद्ध सबै
रहेनन् है कतै
सचेत बनौ सब
निर्मुल पार्न अब
हिंसा बिरुद्धको
अभियानमा जुटौ
६_
महिला मात्र हैन
पुरुष पनि यहाँ
परेकाछन् हिंसा
सुन्दा लाग्छ चिन्ता
रोक्नु अब पर्छ
जुट्नु पर्छ सब
७_
सोर्ह दिन हैन
रोकौ सबै दिन
दिदिबहिनी हो
गल्ती गर्ने किन
दाजुभाइ जागौ
अभियानमा लागौ
८_
जाग्यौ भने सब
निर्मुल हुन्छ तब
जताततै शान्ति
मुहारमा कान्ति
छोरी चेली दङ्ग
दाजुभाइ सङ्ग
रमा पन्त, पाल्पा
षड्ऋतुहरु
आज एड्स दिन
दुख लाग्छ किन
नारा अनि ताली
समय छ जाली
साेझा साझा मर्छन्
भुलै भुल्मा पर्छन्
१
शिक्षा अझै भैन
पुरै चेत छैन
दूर दराजमा
लाकाे छैन ऐन
लुट्ने लुटिराछ
भाग्य भुटिराछ
२
सासबाट हैन
गासबाट हैन
सर्छ रक्तबाट
याैन क्रियाबाट
सचेत् बन्नुपर्छ
तेसै कहाँ सर्छ?
३
चन्द्रावती अधिकारी, काेहलपुर-वाँके
षड्ऋतुहरु
१
सितको लहर
जाडोको कहर
कसरी बाँच्नु लौ
वतास सरर
तातो ठाउँ बस्ने
लाग्यो नि रहर
२.
मंसिर पुषको
जाडोको दिनमा
घाम छेकीदिनिछ
कालो बादलले
थरथरी काम्छ
मुट नै चिसोले
३.
जाडोको याममा
घाम पनि छैन
बादल लागेको
आकाश ढाकेको
पानी पर्ला जस्तो
जाडो छ बढेको
उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर, काठमाण्डौँ
षडॠतु काब्य
——————
मान्छे जम्मा गर्न
करोडौंको खर्च
देशको धनमा
चल्यो लुट तन्त्र
देशनै लुट्नु
रैछ गणतन्त्र ?
बाटो छैन राम्रो
मृत्यु मार्ग बन्यो
पुल बनेनन्
तुइन हटेन
न्यायनि हरायो
कहाँ जाने खोज्न ?
दबाब नदेउ
सकस हुनेछ
हावा गफ हैन
विश्वास गुम्नेछ
ठोस काम गर
चर्चा तिम्रै हुन्छ ।
करोडौ खर्चले
बन्नेथ्यो बाटो
अस्पताल अनि
पुल पुलेसानि
आशिक मिल्थ्यो
सधै भरिलाई ।
दुर्गा पौड्याल
षड्ऋतुहरु
पाल्पा कै हो काव्य
षड्ऋतु हाम्रो
बन्छ सधै राम्रो
गहन शब्दले
बनाआैं है भव्य
लेख्नु सधै सभ्य।
जुनेली रातमा
मायाको साथमा
साहित्य मायाले
षड्ऋतु आयो
जताततै छायो
खुशी मात्रै ल्यायो।
शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा।