Tuesday 5th May 2026

६ सर्जकका षड्ऋतुहरू


षडऋतु :
जाडो याम आयो
चिसो धेरै हुन्छ
चिसो पानी छुदा
मुटुभित्र छुन्छ
तातो तातो खाउ
बाहिर नजाउ।

बढ्दैछ है जाडो
ख्याल गर्नु सबै
बाक्लो न्यानो लुगा
लगाउनु सबै
तेल घसी बस्नु
आगो ताप्नु सबै।

तातो पानी खानु
चिसो खान हुन्न
ज्वानो टिमुर ले
चिसो लाग्न दिन्न
मकै भट्ट भुट्ने
मोहि सङ्ग खाने।

गुन्द्रुकको अचार
मिठो हुन्छ साह्रै
मस्यौराको झोल
तातो तातो खादै
आटो ढिडो मिठो
खानु पर्छ छिटो।

रमा पन्त, पाल्पा

षडऋतु -काव्य

चिसो बढ्न थाल्यो
जीउ गल्न थाल्यो!
तातो कुरा खाऔ
न्यानो लुगा लावौ
काम गर्यौ भने
शरीर तात्दछ!

खाएको पच्दछ
रोगनी भाग्दछ
एकाग्र मनले
कर्म गर्यौ भने
तन पनि तात्छ
जागर बढ्दछ!

कमला देवकोटा, पाल्पा

षडऋतु

षडऋतु :१.
शरदको याम
पारिलोछ घाम
आगनमा बसौँ
न्यानो घाम तापौँ
न्यानो घाम ताप्दै
दु:ख सुख बाँडौँ

षडऋतु :२.
तुलसीको होम
जपौँ सबलेॐ
नया चामलमा
दहि चिनी हालौ
नुगाई बनाई
चढाएर खाऔँ

उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ

बुझेर ल्याउँदा
तिमी नै पाउँदा
चेहरा हँसिलाे
देखिन्छ रसिलाे
मन भाे प्रसन्न
हामी छौं अासन्न

घमाइलाे दिन
घुम्न जाऊँ हिन
डराउँछौ किन
छैन केही ऋण
हुन्छ चिनजान
सँगै बसी खान

शरीर सुकेका
सौन्दर्य लुकेका
वचन चुकेका
अनर्थ भुकेका
अगाडि नुगेका
साथमा पुगका

इन्दिरा ज्ञवाली
तानसेन,पाल्पा

षड्ऋतु काव्य !!

सहरमा बस्ने
रहर नगर
गाउँ जस्तो हुन्न
सबै सम्पन्न छ
गाउँको त्यो खुसि
कदापि दिदैन

जोडिएको घर
तोडिएको नाता
सबै सम्पन्न छन्
साँगुरो छ मन
कसैको कसैला
मत्लब नै छैन

टाढा टाढा घर
सङ सङ्गै मन
मिठो मिठो खानि
चिन्ता छैन धन
राम्रो स्वच्छ ठाउँ
प्यारो लाग्छ गाउँ

मान्छे को भिडमा
एक्लै भईन्छ है
कस्तो मान्छे
मानवता छैन
सहर जाने त
रहर नगर

पबित्र मनको
मिठो चोखो माया
वर पिपल को
स्वच्छ चिसो हावा
सहयोगी मन
सापटी मा धन

खुल्ला ढोका हेर्यो
मन्का दुख फेर्यो
मेला पाता सङ्गै
यतै हुनु दङ्गै
सहर जानि त
रहर नगर!!!

चन्द्रकला खनाल (देबी)
पाल्पा ।

जुनेली रातमा
प्रेयसी साथमा
प्रेमका आलाप
स्वस्थ बर्तालाप
फेरि आउछ र
माया !त्यस्तो दिन ।

मनकी हौ रानी
हृदयकी ज्ञानी
आधुनिक काया
स्वच्छ तिम्रो मन
पवित्र त्यो तन
स्वार्थहीन माया ।

आज धन्य बने
धेरै दिन गने
आजको यो दिन
आउछ र कहाँ
फर्किएर फेरि
आउ एक होऊँ ।

लोकनाथ शर्मा
तिनसुकिया,असम (भारत)


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...