Saturday 24th January 2026

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- ०६ ( छैठौं )


“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिती :- २०७८/ ०८ / ०७
………………………………………….
प्रशिक्षक:-
सुशीला पौडेल
सविता के.सी.

भाषा शुद्धीकरण सुझाव :-
सुशिला पौडेल
सविता के.सी.
तोयानाथ सुवेदी

संकलक :-
सोमनाथ लुइटेल
सविता के.सी.

सहजकर्ता :-
रामराजा के. सी.

======================
दिएको अनुप्रासमा, स्थायी आफैले राखेर पञ्चाङ्ग वा समपञ्चाङ्ग लेख्न अनुरोध गर्दछौं ।

अनुप्रास

लुकेर ,ढुकेर ,फुकेर ,सुकेर,भुकेर,,थुकेर ,झुकेर चुकेर
~~~~~~~~~~~~~~~~

पञ्चाङ्ग १

माया गर्छु भन्नेले आफैँ लुकेर जान्छ
नबोलेर नै व्यथा बोकि सुकेर जान्छ
व्यवहार नि राम्रो बुझेन किन होला?
मायाको सम्मान ऊ गर्दै झुकेर जान्छ
उनैलाई जय होस्भन्दै फुकेर जान्छ ।

-सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग २

माया गर्छु भन्दै बाटोमा ढुकेर बस्छौ ।
कसैले देख्छ कि भनेर लुकेर बस्छौ।
आखिर हामी दुई एक हुनु छ भने,
तिमी अरु सामुन्ने किन झुकेर बस्छौ।
मेरो सामुन्ने मात्र किन फुकेर बस्छौ।

-सुशीला पौडेल, काठमाडौं

पञ्चाङ्ग ३

मान्छे लगातार आफ्ना लागि स्वार्थ मै ढुकेर हिड्छ
आफ्नो भनेको नहुँदासम्म सधैं नै झुकेर हिड्छ
चरित्र त उसको ब्यबहारले देखाउँछ तर
स्वार्थ पुगेपछि अर्को नै बाटो गरि लुकेर हिड्छ
उल्टै नानाथरी अझ दोष लगाई थुकेर हिड्छ ।


अरुको पैसामा रजाइ नै गरि भुकेर के भो ?
आफू मोटाई अरु सधैं झैं पिरले सुकेर के भो ?
हे मानव आज दम्भ राख्दै भविस्य सोचेनौ भने
अरुकै कर्म खान तिमी घरीघरी ढुकेर के भो ?
आफ्नो आड भरोसा छैन,अरुलाई थुकेर के भो ?

-प्रेम थापा “मन” बागलुङ

पन्ञाङ्ग ४

फेर्नु छ देशकाे मुहार कसैसँग झुकेर हैन
धक फुकाएर गर्नु छ नि विकास लुकेर हैन
बनेन र बनाएनन् हाेला देश याेभन्दा पहिले
पालाे हाम्रो काँधमा छ बनाऊँ सबै चुकेर हैन
निकम्मा र बेकामका नेताले जस्तो भुकेर हैन।

-रामराजा के.सी. काठमाडौं

पञ्चाङ्ग ५

मन चोर्नलाई होला लुकेर बस्छ
म हिँड्ने बाटोमा सधैँ ढुकेर बस्छ
मैले जति इन्कार गर्दानी मायामा
त्यति उसले मसँग झुकेर बस्छ
खाएको बाचाकसम चुकेर बस्छ ।

-तारा घिमिरे, संखुवासभा

पञ्चाङ्ग ६

मेरा बारीका काँक्रा लुकेर चाेर्दै हैरान पारे ।
देखेर गालिगरे थुकेर चाेर्दै हैरान पारे ।
के गर्नु मान्छेलाई लाज भए पाे त हुन्छ ,
लाजै पचाइ तिन्ले झुकेर चाेर्दै हैरान पारे
याैटा खाने त हाेनि भुकेर चाेर्दै हैरान पारे ।

-मधुसूदन प्रसाद घिमिरे, काठमाडौं

पञ्चाङ्ग ७

विश्वास गरेँ कसैलाई लुकेर घात गर्याे,
शीरमाथिकाे गङ्गाजल सुकेर घात गर्याे
स्वाभिमानी देख्थेँ उस्लाई पाैरखी नि देख्थेँ
मेराे शान मेराे इज्जत झुकेर घात गर्याे
कर्तव्यकाे सीमा रेखा चुकेर घात गर्याे ।

-चान्द्रावती अधिकारी, बाँके कोहलपुर

पञ्चाङ्ग ८

मलाई उसको मुख हेर्न लुकेर मन लाग्छ
ऊ आउने बाटो सधैँ बस्न ढुकेर मन लाग्छ
खै किन आउँछ उसकोमात्र यति धेरै याद,
रिसाउँदा नि मलाई बोल्न झुकेर मन लाग्छ
तर कहिलेकाही त हिड्न थुकेर मन लाग्छ ।

-दुर्गा भट्टराई, मोरङ

पञ्चाङ्ग ९

विना अनुमती तिम्रो दिलमा लुकेर बसेँ
फर्की आउँछौ कि भन्दै दोबाटो ढुकेर बसेँ
बुझेर नि नबुझे झैँ गर्यौ तिमीलेआखिर
एकोहोरो माया गरेर आफैँ चुकेर बसेँ
प्यासी भो जिन्दगी बगरसरी सुकेर बसेँ ।

-पुष्पा नेपाल(सुवेदी ) ईलाम

पञ्चाङ्ग १०

कस्तो समय आयो लुकेर बाँच्नुपर्ने
आफ्नो आँखा आफैँमा झुकेर बाँच्नुपर्ने
जे गर्छ बेलाले गर्छ भन्थे, भोगियो त
स्वार्थी मान्छे सधैँ नै चुकेर बाँच्नुपर्ने
काम लिन भनेर ढुकेर बाँच्नुपर्ने ।

-सविता के.सी., काठमाडौं


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...