Monday 5th October 2026

गोविन्दाले मन्दिरमा भैंसीको वलि दिएको विषयले हंगामा


तितोपाटी – बलिउड अभिनेता गोविन्दा मन्दिरमा भैंसी बली दिएको विषयले विवादमा तानिएका छन् । गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको चर्चा छ ।

आसामका चर्चित गायक तथा फिल्मकर्मी जुबेन गर्गले यो विषयलाई सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका थिए । उनले गोविन्दाले भैंसी काटेको आफूले सुनेको भन्दै टि्वटरमा लेखेका थिए, ‘भगवानले कहिले पनि पशु बली माग्नु हुन्न । पशुको बली दिन होइन, बलिदान गर्न सिक्नुस गोविन्दा जी ।’

उनको यो टि्वटले ठूलै तरंग ल्याएको छ । मानिसहरु गोविन्दाको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका छन् । हिन्दूवादीहरुले भने गोविन्दाको बचाउ गरेका छन् ।

विवाद चर्किँदै गएपछि मन्दिर व्यवस्थापनले यस विषयमा प्रष्टिकरण दिएको छ । उसले गोविन्दाले भैसीं काटेको कुराको खन्डन गरेको छ ।
‘गोविन्दा यहाँ आउनुभएको थियो, र केवल १५ मिनेट बिताउनुभयो । उहाँले भैैंसी बलि दिएको कसैले देखेको छैन,’ मन्दिर व्यवस्थापन समितिका सदस्य भुपेश शर्माले भने ।

उनले मन्दिरमा दर्शन गर्न दैनिक २० हजार मानिसहरु आउने गरेको र उनीहरुमध्ये ५० जनाले मात्र पशुबली दिने गरेको उल्लेख गरे । साथै, पशुवली हिन्दूधर्मको एउटा प्रथा भएकाले यसलाई रोक्न नसकिने उनको तर्क छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...