Tuesday 28th July 2026

युनिता खत्री बनिन् ‘मिस वर्ल्ड डाइभर्सिटी’, नायिका बन्ने रहर


तितोपाटी – नेपालकी युनिता खत्रीले  दुबइमा पहिलो पटक आयोजना भएको ‘मिस वर्ल्ड डाइभरसिटी’को ताज जित्न सफल भएकी छन् । नेपाली चेली यूनिता खत्री आफ्नो देशलाई विश्वमाझ परिचित गराउन पाएकोमा दंग छिन् ।

विश्वभरका ५० देशका प्रतिस्पर्धीलाई उछिनेर ताज जित्नु सजिलो काम थिएन । तर, आफूले विश्वभरबाट आएका विभिन्न देशका प्रतिस्पर्धीहरुमाझ नेपाल विकासको बाटोमा रहेको देश भनेर चिनाउन पाएको उनले बताइन् । यूनिताले भनिन्-‘सुरुमा उहाँहरुमा नेपाल विकासोन्मुख देश भन्ने सोच रहेछ । तर, पछि मैले यो ताज जित्दा उहाँहरु अचम्मित हुनुभयो । नेपालबारे उहाँहरुको सोच त्यसपछि परिवर्तन भएको पाएँ ।’

आफूमा रहेको आत्मविश्वासले नै यो ताज जितेको यूनिताको भनाई छ । तर, यूनितालाई दुख पनि लागेको छ । यत्रो ताज जितेर देशको नाम विश्वमाझ चिनाएर आउँदा पनि मिडिया र सरकारले वेवास्ता गरेको उनले बताइन् । उनले भनिन्-‘भारतको प्रतिस्पर्धी फस्ट रनरअप हुनुभयो । उहाँलाई स्वागत गर्न मानिसहरु विमानस्थल पुगेका थिए । तर, म नेपाल आउँदा कसैले वास्ता नगरेको देख्दा अचम्म लाग्यो ।’

मिडियामा आफ्नै प्रचार आफै गर्नुपर्दा अचम्म लागेको बताउने यूनिता चलचित्र क्षेत्रमा लाग्ने सानैदेखिको सपना रहेको बताउँछिन् । उनले भनिन्-‘यो त एउटा खुड्किलो हो । म चलचित्रमा लाग्न चाहन्छु । यसका लागि चाहिने आत्मविश्वास ममा छ ।’

यूनिताले चलचित्र ‘रानी महल’मा काम पनि गरिसकेकी छिन् । अब, उनी दोश्रो चलचित्रमा भने नयाँ नायकसँग काम गर्न चाहन्छिन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...