Tuesday 5th August 2025

युनिता खत्री बनिन् ‘मिस वर्ल्ड डाइभर्सिटी’, नायिका बन्ने रहर


तितोपाटी – नेपालकी युनिता खत्रीले  दुबइमा पहिलो पटक आयोजना भएको ‘मिस वर्ल्ड डाइभरसिटी’को ताज जित्न सफल भएकी छन् । नेपाली चेली यूनिता खत्री आफ्नो देशलाई विश्वमाझ परिचित गराउन पाएकोमा दंग छिन् ।

विश्वभरका ५० देशका प्रतिस्पर्धीलाई उछिनेर ताज जित्नु सजिलो काम थिएन । तर, आफूले विश्वभरबाट आएका विभिन्न देशका प्रतिस्पर्धीहरुमाझ नेपाल विकासको बाटोमा रहेको देश भनेर चिनाउन पाएको उनले बताइन् । यूनिताले भनिन्-‘सुरुमा उहाँहरुमा नेपाल विकासोन्मुख देश भन्ने सोच रहेछ । तर, पछि मैले यो ताज जित्दा उहाँहरु अचम्मित हुनुभयो । नेपालबारे उहाँहरुको सोच त्यसपछि परिवर्तन भएको पाएँ ।’

आफूमा रहेको आत्मविश्वासले नै यो ताज जितेको यूनिताको भनाई छ । तर, यूनितालाई दुख पनि लागेको छ । यत्रो ताज जितेर देशको नाम विश्वमाझ चिनाएर आउँदा पनि मिडिया र सरकारले वेवास्ता गरेको उनले बताइन् । उनले भनिन्-‘भारतको प्रतिस्पर्धी फस्ट रनरअप हुनुभयो । उहाँलाई स्वागत गर्न मानिसहरु विमानस्थल पुगेका थिए । तर, म नेपाल आउँदा कसैले वास्ता नगरेको देख्दा अचम्म लाग्यो ।’

मिडियामा आफ्नै प्रचार आफै गर्नुपर्दा अचम्म लागेको बताउने यूनिता चलचित्र क्षेत्रमा लाग्ने सानैदेखिको सपना रहेको बताउँछिन् । उनले भनिन्-‘यो त एउटा खुड्किलो हो । म चलचित्रमा लाग्न चाहन्छु । यसका लागि चाहिने आत्मविश्वास ममा छ ।’

यूनिताले चलचित्र ‘रानी महल’मा काम पनि गरिसकेकी छिन् । अब, उनी दोश्रो चलचित्रमा भने नयाँ नायकसँग काम गर्न चाहन्छिन् ।


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...