Saturday 1st February 2025

आँखा झिम्क्याउँदा ३ महिना जेल परी साउदीबाट फर्किएका एक नेपाली भन्छन्- जान्दाजान्दै फसेँ


तितोपाटी-वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेको १९ महिनापछि ओखलढुङ्गाका २७ वर्षीय मन्दिप तामाङ (नाम परिवर्तन) जेल परे । एक मुस्लिम युवतीलाई आँखा झिम्क्याएपछि उनी जेल परेका हुन् । जेल परेको कुरा परिवारका सदस्यलाई थाहा भएन ।
तामाङ साउदीको जेद्दा शहरको एक मार्बल कम्पनीमा भ्यान ड्राइभर थिए । जेद्दा शहरको मुख्य सपिङ मलमा सामान पुर्‍याउन जाँदा मुस्लिम युवतीलाई आँखा झिम्क्याउँदा उनी फन्दामा परे । गत साता नेपाल फर्किएका उनी अहिले नयाँ बसपार्कस्थित एक होटलमा क्वारेन्टाइनमा बसेका छन् । उनी मंगलबार घर फर्कँदै छन् ।होटलमा भेटिएका तामाङले ती युवतीले बुर्का अलि तल झारेर मुसुक्क हाँसेपछि आफूले पनि जवाफी मुस्कान फर्काएको बताए । त्यसबेला आफूले दुईपटक आँखा झिम्क्याएको उनको भनाइ छ । तर, ती युवती मुस्लिम पुजारी (मुतुवा) की छोरी रहेको कुरा तामाङले पछि मात्र थाहा पाए ।
अर्डरअनुसार सप्लाईका लागि विभिन्न ठाउँमा जानुपर्ने तामाङ बताउँछन् । तर, उक्त दिन उको बिदा थियो । बिदाकै दिन सामान पुर्‍याउन जाँदा भएको घटनाले उनलाई जेल पुर्‍यायो ।‘सपिङ मलको चौथो तलामा एउटी मुस्लिम युवतीले हाँस्दै मलाई हेरिन् । उनी पटक–पटक हाँसिन् पनि । मैले पनि जवाफी मुस्कान फर्काउँदा फन्दामा परे,’ उनले घटना सम्झँदै भने, ‘मैले आँखा झिम्क्याएको बेला उसको बाबुले देखेछ । सपिङ मलको सीसी क्यामेरामा हेरेर पार्किङमै सुरक्षा गार्डले समाते । त्यसपछि सिधै जेल लागे । प्रहरीले किन समाते भन्ने कुरा जेल पुगेपछि मात्र थाहा पाएँ ।’ त्यसपछि तीन महिना जेल परेर छुटेको उनले बताए । उनी मे महिनामा जेल परेका थिए ।

यसरी छुटे

आफूलाई साहुले नै जेलबाट छुटाएको उनको भनाइ छ । ‘मुस्लिमको ठूलो चाड इद आउन लागेको थियो । मैले काम गर्ने कम्पनीको साहुको छोरो अध्यागमन प्रहरीमा कार्यरत रहेछन् । मलाई साहुले नै जेलबाट छुटाउन पहल गरे,’ उनी भन्छन् । साहुले छोराको सहयोगमा ‘यसको आँखा झिम्क्याउने बानी छ’ भनेर सिफारिस गरेपछि जेलबाट छुटेको उनले बताए ।’मलाई साहुले जेलबाट निकालेर सिधै विमानस्थल ल्याएर घर पठायो । जरिवानाचाँहि तिर्नु पर्‍यो कि परेन थाहा छैन,’ उनले भने, ‘साहुले ठूलो गुन लगाए । साहुकै कारण धेरै जेलमा बस्नु परेन । नत्र कति वर्ष जेल बस्तुपर्थ्यो ?’ जेलमा प्रहरीले सामान्य सोध–खोज मात्र गरेको उनले भने । त्यसपछि जेद्दाको पश्चिम जेलमा पुर्‍याएको उनी बताउँछन् । ‘साउदीमा केटीलाई फर्किएर हेर्न र हाँस्न पाइँदैन भन्ने थाहा हुँदा–हुँदै फसेँ,’ उनी भन्छन् ।तामाङले जस्तै महिलालाई हेर्ने र जिस्काउँदा नेपाली कामदार फान्दामा पर्ने गरेका छन् । साउदीमा महिलालाई जिस्काउन र हेर्न नपाइने प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का अध्यक्ष कुलप्रसाद कार्की बताउँछन् । उक्त अभियोगमा थुप्रै विदेशीहरू फन्दामा पर्ने गरेका छन् । उनीहरूलाई आर्थिकसँगै जेल सजाय पनि हुने कार्की बताउँछन् ।
शिलापत्रमा रमेश भारतीले लेखेका छन


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

"७५० फिल्स" मै चिकेन बिरियानी, मःमः पनि "७५० फिल्स"! सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । मंफाफ स्थित…

इजरायलले हमासको सूचीले गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्दीहरूमध्ये आठ जनाको मृत्यु भएको देखाएको बताएको छ। सरकारी…

प्रतिकृयाहरू
...