Monday 29th December 2025

माधव नेपाल पक्षले भन्यो–स्पष्टीकरणले एकतामा भाँजो हाल्यो


 नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट भइरहेका गतिविधिप्रति खेद प्रस्ताव पारित गरेको छ । ओली पक्षले अहिले जारी राखेका गतिविधिले र स्पष्टीकरणले एकता प्रक्रियामा भाँजो हाल्ने निष्कर्ष बैठकले निकालेको छ । माधव नेपाल पक्षको बैठक जारी रहँदा ओलीले सोधेको स्पष्टीकरणपत्र पुर्‍याइएको थियो । नेपाल पक्षको बैठकले भने पार्टी एकता कायम राख्न सबै जना जिम्मेवार हुनुपर्ने निर्णय गरेको थियो ।अध्यक्ष ओली पक्षबाट स्पष्टीकरण सोधिएको र ओली निकटबाट नाराबाजी तथा पुतला दहनका गतिविधि भइरहेको अवस्थामा आज (बुधबार) बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले खेद प्रस्ताव पारित गरेको हो । नेपाल पक्षबाट पारित प्रस्तावमा सबै अराजनीतिक गतिविधि रोकेर पार्टी एकता अघि बढाउन ओलीको ध्यानाकर्षण गराएको छ ।

‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति भइसकेको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्ने, पुतला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप स्वविवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदलाई आतंकित पार्ने र उनीहरुविरुद्ध नाराबाजी गर्ने काम तत्काल रोकिनु पर्छ’, नेपाल समूहले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यस्तो गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताका कामलाई गम्भीरतापूर्वक अघि बढाउन यो बैठक अध्यक्ष कमरेडको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पाँचै भेटघाट इजरायलको सुरक्षा र विश्वमा प्रतिष्ठाको लागि महत्त्वपूर्ण कोशेढुङ्गा थिए।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

प्रतिकृयाहरू
...