Sunday 11th October 2026

बिपद् माथि अरु बिपद् आउँदैछ


बि.आर.उप्रेती-बारा,नेपाल, तीतोपाटी डटकम-विश्वका अरु देश सरह हाम्रो देश पनि विश्वमहामारी कोरोनाबाट कस्ताकस्ता व्यक्तिहरु- वरिष्ठ चिकित्सक, लेखक, विद्वान, पत्रकार, समाजका अगुवा लगायत हज्जारौं व्यक्तिहरुको निधनले राष्ट्रमा अपुरणिय क्षति भएको हामी सबैलाई विदितै भएको कुरा हो। अझै पनि दिनानुदिन यो संक्रमणबाट मृत्युदर बढिरहेकै छ।

बिचरा! सोझा सिधा गरिबलाई यो संक्रमण भएपछि त झन् उपचारार्थ अस्पताल लैजाँदा बिरामी बेड नपाउनु, अक्सिजन नपाउनु, उपचारमा लाग्ने पैसा नभई आर्थिक अभावमा मर्नु परिरहेको छ। गरिब गुरुवाहरु त पैसा भए बाँचे नत्र वल्लो घाट न पल्लो तीर हुँदै मृत्युको मुखमा पर्छन् ।

संसारभर महामारीको रुपमा देखा परेको यो कोरोनाले हाम्रो देशमा गत सालमा पनि हजारौं मानिसको ज्यान लियो, यसपाला पनि फेरि त्यही रोग पुनः बल्झिरहेछ यसरी झम्टी झम्टी आक्रमण गरिरहँदा अझै धेरैको ज्यान जाने सम्भावना देखिन्छ। अस्पतालमा बेड र अक्सिजनको अभाव हुनका साथै गरिब निमुखासंग पर्याप्त पैसा नभई बिरामीको उपचार गर्न नपाएर मर्नु पर्ने जस्ता अति संवेदनशील अवस्था उपर कसको सुदृष्टी हुनुपर्ने ? सरकारको होइन र ? इ यस्ता गम्भीर अवस्थामा त्यस्ता असक्तताहरुले कस्ता राहत पाएका छन् ?

ढिलैगरी भए पनि सरकारले हालै कोरोनाबाट संक्रमित बिमारीहरुको नि:शुल्क उपचार गर्ने निति ल्याएको छ यो स्वागत योग्य कार्य हो । यहि कार्य निति शुरुआत देखि अपनाउन सकेको भए धेरै गरिबहरुले उपचार नपाई मर्न पर्दैनथ्यो होला । यसरी यति भयानक महामारीबाट कतिको ज्यान गइसकेको छ। यस्तो संकट भोगिरहेकै बेलामा अर्को दैवीक विपद् कहालीलाग्दो हेर्दा, सुन्दा आँखा नभिज्ने कोही नहोलान् । गत केहि दिन अघि देशका विभिन्न जिल्लाहरुमा सिन्धुपाल्चोक, डोटी, काभ्रेपलान्चोक लगायतका जिल्लाको विभिन्न ठाउँका खोला बाढी र पहिरोले करोडौं धनजनको क्षति भएको छ। कति मरे, कति बेपत्ता भए खोजतलास गर्दा पनि पत्ता लाग्न सकेको छैन । केहि मनकारी दया मायाको भावनाबाट उत्प्रेरित व्यक्ति, समुह, संघ संस्थाहरुले बिपद् स्थानमा पुगी राहत दिंदै छन् । सरकारबाट भने राहत दिनका लागि नाम संकलन गर्ने कार्य भएको छ । एउटा बिपद् त भोगिरहेकै थिए झन् बिपद् माथि अरु बिपद् थपिंदै छ। यस्ता दैविक बिपदका सम्भाब्य स्थानमा सम्बन्धि क्षेत्रका जानकारहरु, सरकारका प्रतिनिधिहरुबाट यथा समयमा ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।

अब वर्षायाम शुरु भएकोले उपरोक्त अनुसार खोलानालाका किनारमा बसोबास गरेका बासिन्दाहरुले , बाढीबाट र भिरको फेदीमा बसोबास गर्ने बासिन्दाहरुलाई पहिरोको डर त्रास हुने हुनाले उक्त स्थानका बासिन्दाहरुले विषेश सतर्क र सजक हुनुपर्ने देखिन्छ।


सम्बन्धित शीर्षकहरु

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान…

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

प्रतिकृयाहरू
...