Thursday 1st October 2026

पशुपति पुगेर शुरु गरिन् हिमानीले साउने ब्रत


पुर्व-युवराज्ञी हिमानी शाहले आज पहिलो साउने सोमबारको अवसर पारेर पशुपतिको दर्शन गरेकी छन् । आज बिहान उनि आफ्नो छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथमा पशुपतिको दर्शनको लागि पुगेकी थिइन्। साथै उनको साथमा उनका केही सहयोगीको समेत उपस्थिति रहेको पहिलो साउने सोमबारको अवसरमा उनी केही सहयोगी, छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथ पशुपतिको दर्शनका पुगेकी हुन् ।

हिमानीको आफ्नो पति पारससँग खासै राम्रो सम्बन्ध नरहेको बताइने गरिन्छ। साउनमा प्रत्यक सोमबार आफ्नो पतिको स्वास्थ्य लाभको कामना र सम्बन्ध राम्रो रहोस् भन्नको लागि महिलाहरु व्रत बस्ने चलन रहेको छ भने प्रत्यक सोमबार शिवालयमा दर्शनको लागि जाने चलन रहेकोमा हिमानी पनि त्यहि कारणले पशुपतिको आएको हुन सक्ने आकलन गरिएको छ।

उनि पशुपति पुगेपछि राजावादीहरुले समर्थकहरुले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गर्न भ्याएका थिए। उनले आफ पशुपतिमा लगभग ४० मिनेट बिताएकी थिइन्। नाराबाजी चलिरहेको समयमा उनि मन्दमुस्कानका साथमा समर्थकहरुलाई बिदाई गर्दै परिसरबाट फर्किएकी थिइन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...