Thursday 16th October 2025

पशुपति पुगेर शुरु गरिन् हिमानीले साउने ब्रत


पुर्व-युवराज्ञी हिमानी शाहले आज पहिलो साउने सोमबारको अवसर पारेर पशुपतिको दर्शन गरेकी छन् । आज बिहान उनि आफ्नो छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथमा पशुपतिको दर्शनको लागि पुगेकी थिइन्। साथै उनको साथमा उनका केही सहयोगीको समेत उपस्थिति रहेको पहिलो साउने सोमबारको अवसरमा उनी केही सहयोगी, छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथ पशुपतिको दर्शनका पुगेकी हुन् ।

हिमानीको आफ्नो पति पारससँग खासै राम्रो सम्बन्ध नरहेको बताइने गरिन्छ। साउनमा प्रत्यक सोमबार आफ्नो पतिको स्वास्थ्य लाभको कामना र सम्बन्ध राम्रो रहोस् भन्नको लागि महिलाहरु व्रत बस्ने चलन रहेको छ भने प्रत्यक सोमबार शिवालयमा दर्शनको लागि जाने चलन रहेकोमा हिमानी पनि त्यहि कारणले पशुपतिको आएको हुन सक्ने आकलन गरिएको छ।

उनि पशुपति पुगेपछि राजावादीहरुले समर्थकहरुले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गर्न भ्याएका थिए। उनले आफ पशुपतिमा लगभग ४० मिनेट बिताएकी थिइन्। नाराबाजी चलिरहेको समयमा उनि मन्दमुस्कानका साथमा समर्थकहरुलाई बिदाई गर्दै परिसरबाट फर्किएकी थिइन्।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...