Friday 22nd May 2026

आइपीएल -२०२१ को अक्सनका लागि नेपालका ८ खेलाडीको नाम सिफारिस


सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ। आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसकेका छन्। यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपीएलका लागि दर्ता गराएका हुन्।

आइपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने छ। उक्त छनोट भारतको चेन्नइमा हुनेछ। आइपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन्। नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन्।

आइपीएलका लागि अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका    ३१, युनाइटेड अरब इमिरेट्स (युएई) का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई खेलाडीले नाम दर्ता गराएका छन्। -रासस


सम्बन्धित शीर्षकहरु

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा…

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई…

बंगलादेश–म्यानमार तनावले भारतलाई के सन्देश दिन्छ ? म्यानमारको विद्रोही समूहसँग सम्बन्धित धार्मिक नेताद्वारा सार्वजनिक गरिएको तथाकथित “स्वतन्त्र अरकान” को नक्साले…

प्रतिकृयाहरू
...