Wednesday 18th March 2026

शव लुकाउन खोज्दा श्रीमानसहित दुई जना पक्राउ


 पत्नीको शव लुकाउन खोज्दा बारा श्रीपुरका रवि चौधरी पक्राउ परेका छन्। कुटपिटबाट मृत्यु भएकी बबिता चौधरीको शव जलाउन नसकेपछि खाल्टो खनेर पुर्न खोज्दा सोमबार रवि पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त गौशालाले रवि र उनीसँगै गौशालाकी अनु थापालाई पक्राउ गरेको छ। वृत्तका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार गत शुक्रबार बबिताले अनुको मोबाइल चोरी गरेकी थिइन्। रवि र बबिता पशुपतिस्थित राममन्दिर नजिकैको सत्तलमा बस्दै आएका थिए।

 

चोरी भएको मोबाइल रंगेहात फेला पारेपछि अनुले केही साथीको सहयोगमा बबितालाई कुटपिट गरेकी थिइन्। कुटपिटबाट बबिताको आँखा र टाउकोमा गम्भीर चोट लागेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए। उनले भने,‘बबिताको कुटपिटबाट मृत्यु भएको देखिन्छ। घटना भएपछि बबिताका श्रीमान रविले प्रहरीमा खबर गर्नुको साटो ढाकछोप गरेर लुकाउन खोजेपछि पक्राउ गरेका हौं।’ रविले अनुकै सल्लाहमा सुरुमा बबिताको शव जलाउन खोजेका थिए। जलाउन सम्भव नभएपछि खाल्डो खनेर गाड्न लागेको आशंका प्रहरीले गरेको छ। प्रहरीले घटनास्थल नजिकै बबिताको शव लुकाउन खोजिएको खाल्डोसमेत फेलापरेको छ।

‘हाम्रो चासो रविले किन प्रहरीमा उजुरी गरेनन् भन्ने हो,‘ प्रहरी निरीक्षक ढुंगानाले भने,‘बबिताको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा पठाएका छौं । रवि र अनुमाथि थप अनुसन्धान भइरहेको छ।’ पन्ध्र महिना अघि रवि र बबिताबीच विवाह भएको थियो। रविलाई बबिताको माइतिघरसमेत थाहा छैन। राममन्दिरस्थित सत्तलमा बस्दै आएका उनीहरु ज्यामीको काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...