Tuesday 4th November 2025

अमेरिकामा हिंसात्मक आक्रमण : मृत्यु हुनेको संख्या चार पुग्यो


तितोपाटी- अमेरिकी संसद् भवनमा भएको राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडको घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको ‘मेडिकल आपत्‌कालीन अवस्था’ कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

हालसम्म कम्तिमा पनि ५२ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र ती मध्ये ४७ जना कर्फ्यू उलङ्घन गर्नेहरू रहेको बताइएको छ। वाशिङ्टन डीसीमा कर्प्यू आदेश जारी गरिएको छ भने सडकहरूमा दङ्गा नियन्त्रण गर्ने प्रहरीहरूले सुरक्षा दिइरहेका छन्।

निर्वाचनमा ठूलो धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थहरूको उग्र र हिंसात्मक भिडले संसद भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रकृया अवरूद्ध भएको थियो। सांसद्हरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रकृयामा सहभागी भइरहेका छन्।

राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकहरूको ठूलो समूह क्यापिटल भनिने अमेरिकी संघीय संसद् भवनमा जबर्जस्ती प्रवेश गरेर तोडफोड गरेपछि सुरक्षाका कारण संसद् भवन बन्द गर्नु परेको थियो।

संसदीय प्रकृया पुनः आरम्भ भएपछि केही राज्यका रिपब्लिकन सांसद्हरूले आफ्नो ठाउँका निर्वाचन मत परिणाम उल्टाउने प्रयास गरेका थिए तर त्यो पर्याप्त समर्थनको अभावमा असफल भएको छ।

राष्ट्रपति ट्रम्पले आफ्ना उग्र समर्थकहरूलाई घर फर्कन आह्वान गरेका छन् तर उनले “अमेरिकी निर्वाचन उनीहरूबाट खोसिएको” भन्ने उनको अप्रमाणित दाबी दोहोर्याएका थिए। – बीबीसीको सहयोगमा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सिरियाका लागि विशेष दूतले इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताएका छन् किनभने हिज्बुल्लाहसँग अझै पनि…

प्रतिकृयाहरू
...