Tuesday 16th December 2025

आईपिएलको प्लेअफमा तिन टिम पुगे आज एक टिमको टुंगो लाग्ने


इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ । उता, हारका बावजुद बेंगलोरले प्लेअफमा स्थान बनाउन सफल भएको छ । बेंगलोर तेस्रो स्थानमा रहेको छ ।

प्लेअफका लागि मुम्बई, दिल्ली र बेंगलोरले आफ्नो स्थान पक्का गरेका छन् । चौथो टोलीको फैसला मंगलबार मुम्बई र हैदराबदबीचको खेलले गर्नेछ । सनराइजर्स हैदराबादले आजको खेल जिते प्लेअफ अफमा स्थान बनाउनेछ भने हारे कोलकता नाइट राइडर्स प्लेअफमा पुग्ने चौथो टिम बन्नेछ ।

 


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...