Wednesday 29th July 2026

अमेरिकामा आजदेखि विच्याट र टिकटक माथि प्रतिबन्ध


अमेरिकाले आज आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ । अमेरिकी राष्ट्रापतिले गत अगष्टमा नै चीनिया एपहरू माथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।

वाणिज्य मन्त्री विल्बर रोसका अनुसार निश्चित सुरक्षाजन्य विधिहरु लागू गरेमा टिकटक चाहिँ चलाउन पाइनेछ ।
एक लिखित वक्तव्य जारी गर्दै मन्त्री रोसले भनेका छन्, ‘राष्ट्रपतिको निर्देशनअनुसार हामीले अमेरिकी नागरिकहरुका व्यक्तिगत डाटा संकलन गर्ने चिनियाँ खतरनाक एपहरुसँग जुध्न उल्लेखनीय कदम चालेका छौँ । यसले अमेरिकी नियम तथा कानूनहरुको कडाइपूर्वक कार्यान्वयन हुनुका साथै हाम्रो राष्ट्रिय मूल्यहरुका साथै प्रजातान्त्रिक नियममा आधारित मापदण्डहरुलाई प्रवद्र्धन गर्नेछ ।’

सरकारी आदेशले टिकटकको अमेरिकास्थित व्यवसाय खरीद गर्ने ओरेकल कम्पनीको हालैको सम्झौताप्रति समेत प्रश्न उठाएको छ । यद्यपि ओरेकल र टिकटकबीच भएको भनिएको खरीद–बिक्री सम्झौताको विस्तृत विवरण सार्वजनिक भैसकेको छैन । गत सोमबार ओरेकलले टिकटक खरीदको दौडमा आफूले जित हात पारेको खुलासा गरेको थियो । यद्यपि टिकटक खरीद गरेको हो वा स्वामित्व ग्रहण गरेको भन्नेबारे खुलाइएको छैन ।

१ करोड अमेरिकी टिकटक प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु टिकटकले दुरुपयोग गरेको र चिनियाँ सरकारको स्वार्थमा प्रयोग गरिएको आरोप अमेरिकाले लगाउने गरेको छ । तर टिकटकले भने अमेरिकी टिकटक प्रयोगकर्ताका डाटा चीनमा संग्रहित नहुने भन्दै प्रयोगकर्ताका डाटाहरु सरकारलाई नदिने प्रष्ट पारेको छ ।-एजेन्सी


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...