Friday 19th June 2026

गोंगबु हत्‍या -यसरी पर्दाफास भयो रहस्‍य


प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ।  साउन २५ गते काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र  अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो।शव पहिचानपछि अनुसन्घानका क्रममा हत्यामा संलग्नको आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार पक्राउ गरी काठमाडौं ल्याएको थियो।

प्रहरीले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा गरेको पत्रकार सम्मलनमार्फत हत्यामा संलग्न मुडभरीलाई सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त अनुसन्धानबाट विभिन्‍न तथ्यहरु फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक ४५  वर्षीय कृष्णबहादुर रोल्पा रम्तीगढी ७ सतिमका हुन् । अभियुक्त ३७ वर्षीया कल्पना चितवन कालिका नगरपालिका ७ घर भएर अहिले टोखा नगरपालिका १० नवज्योती मार्गमा बस्दै आएकी हुन् ।

उनी पेशाले गृहिणी हुन् । उनले केही टेलिशृङ्खलामा अभिनयसमेत गरेको प्रहरीले खुलाएको छ । कल्पनालाई प्रहरीले साउन २६ गते चितवन कालिका नगरपालिका ९ शक्तिखोरस्थित माइती घरबाट पक्राउ गरेको हो । घटनामा संलग्न उनकी १५ वर्षीया छोरीलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

अनुसन्धानबाट खुलेका तथ्य
प्रहरीका अनुसार मृतक र अभियुक्त करिब तीन–चार वर्षदेखि चिनजान र सम्पर्कमा थिए । उनीहरु फेसबुकमार्फत् चिनजान भएर भेटघाट गर्दै आएको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले  जानकारी दिए ।मृतक कृष्णबहादुर अभियुक्तको कोठामा बेला बेलामा पुग्ने र भेट्ने गरेका थिए । मृतकले अभियुक्तको फोटो राखेर फेक फेसबुक आईडी खोली चलाउने गरेको अभियुक्तले बयानमा उल्लेख गरेकी छन् । फेक फेसबुकबाट आफू अनुकूल चल्नको लागि निरन्तर दबाब दिइरहेकोसमते उनले प्रहरीसँगको बयानमा बताएकी छन् ।

प्रहरी अनुसन्धानबाट मृतक घटनाको दिन आफू बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा पुगेको खुलेको छ । उनी कोठामा पुगेपछि अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान  दिएकी थिइन् । चिउरा, मासु र भोड्कासँगै अभियुक्तले दहीमा पाँचवटा निन्द्राको औषधि मिलाई खाना दिएकोसमेत बयानमा उल्लेख गरेकी छन् । निन्द्रालाग्ने औषधि खाएपछि मृतक लठ्ठ परेर सुतेको मौकामा अभियुक्तले फलामको मारतोल (ह्याम्मर)ले अण्डकोषमा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ह्याम्मरको प्रहारपछि सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकिन गरेको प्रहरी बयानमा अभियुक्तले स्वीकार गरेकी छन् । अभियुक्तले मरेको यकिन भएपछि धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखेर आफैंले फालेको स्वीकार गरेकी छन् । उनले शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखेर बाटो नजिकै फालेर फर्किएको बताएकी छन् ।

अभियुक्त कसरी पुगिन् चितवन
कृष्णबहादुरको हत्यापछि अभियुक्त एम्बुलेन्समा चढेर चितवन पुगेको खुलेको छ । उनले चिनजानको एम्बुलेन्स चालकलाई फोन गरेर चितवन गएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी अनुसन्धानबाट अभियुक्तलाई छोरीलेसमेत शव व्यवस्थापनमा साथ दिएको खुलेको छ ।

-अन्नपूर्णपोष्टबाट

सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...