Tuesday 14th October 2025

मृगौला पीडितले डायलासिस गनुपर्ने बाध्यताको कारण मृत्युवरण गर्न नपरोस्


तिलक भण्डारी (कमल) – मानिसका स्वास्थ्य शिक्षा रोजगारी आधारभुत आवश्यकता हुन भन्ने कुरा सबैलाई अवगत नै भएका बिषय हुन । तर अहिले बिश्वमा महामारी रूपमा फैलिएको कहरको कोराना (कोभिड -१९) ले गर्दा स्वास्थ्य क्षेत्रमा कस्तो असर परेको छ भन्ने बिषयमा अलि गहन बहस नभएको हो कि ? कार्यशैलीमा सकंट भएको सबैलाई दुबिधा भएको तितो सत्य हो । स्वास्थ्य क्षेत्रमा कुन- कुन कारण नागरिकले सहज उपचार पाउन नसकेका हुन भन्ने बिषयमा गहन छलफल र दिर्घकलिन सोच आजको अवश्यकता हो ।

बिशेष गरी अहिले बिश्व नै कोभिड-१९ बाट सकंट ग्रस्त भएको अवस्थामा नेपालमा निजि अस्पताल र औषधि पसलले जुन किसिमले राज्यलाई सहयोग गर्नु पर्ने थियो त्यसको ठिक बिपरित दिशाबाट कार्यान्वयन भएको देखिन्छ । राज्य सकंट परेको अवस्थामा निजि अस्पतालले अनिबार्य जुन सेवा दिनु पर्ने थियो त्यसको ठिक बिपरित भएको सत्य हो ।  निजि स्वास्थ्य सेवा भनेको संस्थाको निजि लगानी हो । त्यसमा दुइमत छैन तर राज्य नै रोग सग लडेको अबस्थामा निजि अस्पाताल र औषधि पसल नै बन्द गरी नागरिकलाई दुख दिनु भनेको कस्तो मानबता हो ? यस्मा सबैको प्रश्न खडा भएको छ ।

समान्य बिमारी हुदा ऒपिडि सेवाबाट बञ्चित हुनपर्छ नागरिक भने त्यस्तो निजि अस्पाताल कसको लागी जरूरी हुन्छ ? दैनिक बिमारीले खानुपर्ने औषधि लिन जादा औषधि पसल पनि बन्द गरीन्छ भने यस्तो सेवा अब कसको लागी ? त्यसकारण यस्तो बिषम परिस्थितमा पनि जनता स्वास्थ्य सेवाबाट टाढा हुनपर्छ भने त्यस्ता सबै निजि स्वास्थ्य सेवा राज्यले कब्जा गरी नेपाल सरकारको नाममा हस्तान्तरण गरी राज्यबाट स्वास्थ्य सेवा प्रवाह गर्ने प्रेरित गनुपर्छ यसैमा राज्य र जनताको कल्याण हुन्छ ।

अहिले हप्तामा दुइ पटक मृगौला पीडितले डायलासिस गनुपर्ने बाध्यता छ । यस्तो अबस्थामा समेत नागरिकलाई सेवाबाट बञ्चित गरी मृत्युवरण गर्न बाध्य तुल्याउने निजि अस्पताल न राज्यलाई आवश्यक छ न जनताको माग छ । त्यसकारण तत्काल यो बिषम परिस्थितमा बन्द रहेका निजि सम्पूर्ण स्वास्थ्य सेवाको लाइसेन्सलाई तत्काल खारेज गरी सञ्चालनमा रोक लगाउनु पर्छ ।

जसरी भुटानले आफनो नागरिकलाई स्वास्थ्य शिक्षा निशुल्क सेवा दिएको छ । त्यहि तरीकाले नेपाल सरकाले पनि नागरिकलाई सेवा दिनु राज्यको कर्तव्य हो भने जनताको अधिकार पनि हो । अहिले जति स्वास्थ्य बिभागमा दर्ता भएको निजि अस्पाताल र मेडिकल कलेज र औषधि पसल छन । ति सबै राज्यको मातहतमा ल्याइ सञ्चालन गर्ने हो भने राज्य र नागरिक दुबैलाई हित हुन्छ । त्यसकारण यो कहर कोभिड-१९ अबस्थामा सबैलाई राम्रो जानकारी भएको छ । जनताको अभिभावक भनेको राज्य हो निजि भनेको केहि ब्यक्तिको लाभको लागी मात्र हो भन्ने सबैलाई राम्रो संग जानकारी भएको छ ।

केहि समय अघि मात्र सरकाले जसरी दुइ अध्यादेश जारी गरेको थियो । त्यसै गरी यो बिषय अवस्थामा राज्यले निजि अस्पातालाई सरकारीकरण गरी जनतालाई सहज तरीकाले सेवा दिने हो भने सरकार कामाउनिस्ट होइन सर्वहारा बर्गको समाजबाद उन्मुख राज्य हो भनेर जनताले घर घरमा दिप प्रज्वलन गर्ने छन । त्यसकारण यस्तो इतिहासले दिएको अवसरलाई राज्यले उचित पहलकदमी अगाडि बढाउनु पृथक र सुनमा सुगन्ध होला ।

समाजबाद उन्मुख राज्यले स्वास्थ्य जस्तो जटिल बिषयमा तत्काल बिपन्न नागरिकको घाउमा मलम पट्टी लगाउने कार्य पहलकदमी तत्काल लागु गरोस भन्ने सबैको इच्छा र चाहाना पनि छ । त्यसकारण स्वास्थ्य जस्तो जटिल बिषयमा भोलि कुनै पनि नागरिकले उपचार नपाएर मृत्युवरण गर्ने दिनको अन्त्य होस् ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...