Tuesday 13th October 2026

भारतको मुम्बईमा ५३ पत्रकारमा कोरोना पाेजिटिभ


तितोपाटी- भारतको महाराष्ट्रमा कोरोना भाइरसकाे संक्रमण लगातार बढी रहेको छ। मुम्बई सहरमा कोरोनाको रिपाेर्टिङ गरिरहेका पत्रकारमा पनि काेराेना पोजिटिभ देखिएको छ।

५३ जना पत्रकारलाई कोरोना लागेकाे पुष्टि भएको आजतकले जनाएको छ। उनीहरुलाई आइसोलेसनमा पठाइएको छ। यसरी कोरोना पुष्टि भएका अधिकांशमा काेराेनाकाे कुनै पनि लक्षण देखिएको थिएन।१७१ पत्रकारको कोरोना परीक्षण गर्दा ५३ जनामा पाेजिटिभ देखिएकाे हो। यसरी परीक्षण गरिएका फिल्डमा रहेका रिपाेर्टर, क्यामेर पर्सनलगायत थिए। गत साता मुम्बईमा फिल्डमा रिपाेर्टिङ गरेका पत्रकारहरुलाई कोरोना परीक्षण गरिदिन भन्दै मुम्बई महानगरपालिकालाई अनुरोध गरिएको थियो। उनीहरुको आग्रहपछि महानगरले १७१ जना पत्रकारको कोरोना टेस्ट गरेको थियो। उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण आत्तिनुपर्ने अवस्था नभएको तर आइसोलेसनमा बस्न भने पठाइएको छ।

केही दिनपछि उनीहरुको दोस्रो पटक कोराना परीक्षण हुनेछ। भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित महाराष्ट्रमा रहेका छन्। महराष्ट्रमा पछिल्लो २४ घन्टामा काेराेनाका ४६६ नयाँ संक्रमित पनि थपिएका छन्। नौ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।
महाराष्ट्रमा ४,६६६ जना कोरोना संक्रमित रहेका छन्। यसमध्ये मुम्बईमा सबैभन्दा धेरै छन्। मुम्बईमा पछिल्लो २४ घन्टामा ३०८ नयाँ संक्रमित थपिएका छन् । मुम्बईमा मात्र ३,०३२ संक्रमित भएका छन्।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

प्रतिकृयाहरू
...