Tuesday 5th August 2025

भारतको मुम्बईमा ५३ पत्रकारमा कोरोना पाेजिटिभ


तितोपाटी- भारतको महाराष्ट्रमा कोरोना भाइरसकाे संक्रमण लगातार बढी रहेको छ। मुम्बई सहरमा कोरोनाको रिपाेर्टिङ गरिरहेका पत्रकारमा पनि काेराेना पोजिटिभ देखिएको छ।

५३ जना पत्रकारलाई कोरोना लागेकाे पुष्टि भएको आजतकले जनाएको छ। उनीहरुलाई आइसोलेसनमा पठाइएको छ। यसरी कोरोना पुष्टि भएका अधिकांशमा काेराेनाकाे कुनै पनि लक्षण देखिएको थिएन।१७१ पत्रकारको कोरोना परीक्षण गर्दा ५३ जनामा पाेजिटिभ देखिएकाे हो। यसरी परीक्षण गरिएका फिल्डमा रहेका रिपाेर्टर, क्यामेर पर्सनलगायत थिए। गत साता मुम्बईमा फिल्डमा रिपाेर्टिङ गरेका पत्रकारहरुलाई कोरोना परीक्षण गरिदिन भन्दै मुम्बई महानगरपालिकालाई अनुरोध गरिएको थियो। उनीहरुको आग्रहपछि महानगरले १७१ जना पत्रकारको कोरोना टेस्ट गरेको थियो। उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण आत्तिनुपर्ने अवस्था नभएको तर आइसोलेसनमा बस्न भने पठाइएको छ।

केही दिनपछि उनीहरुको दोस्रो पटक कोराना परीक्षण हुनेछ। भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित महाराष्ट्रमा रहेका छन्। महराष्ट्रमा पछिल्लो २४ घन्टामा काेराेनाका ४६६ नयाँ संक्रमित पनि थपिएका छन्। नौ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।
महाराष्ट्रमा ४,६६६ जना कोरोना संक्रमित रहेका छन्। यसमध्ये मुम्बईमा सबैभन्दा धेरै छन्। मुम्बईमा पछिल्लो २४ घन्टामा ३०८ नयाँ संक्रमित थपिएका छन् । मुम्बईमा मात्र ३,०३२ संक्रमित भएका छन्।


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...