Saturday 10th October 2026

बिराट, रोहीत र बुमराहले ७ करोड पाउने


तितोपाटी- भारतीय क्रिकेट बोर्डले  कन्ट्रयाक्ट लिस्ट सार्वजनिक गरेको छ। जसमा कप्तान बिराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह
‍ए + श्रेणीमा परेका छन।  तिनै जनाले सबै भन्दा बढी ७ करोड पाउने भएका छन । उता 
पूर्वकप्तान महेन्द्रसिंह धोनी भनि  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई, २०१९ अक्टोबर-२०२० सेप्टेम्बरसम्म ) को ए श्रेणी खेलाडीको सम्झौतामा  परेका छैनन् । सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट बोर्डले ए श्रेणीको खेलाडीको रुपमा सम्झौता र्गदै ५ करोड दिएको थियो ।

बिसिसिआईले टपअर्डर ब्याट्सम्यान केएल राहुल लाई भने बी श्रेणीबाट ए श्रेणीमा ल्याएको छ। तर धोनीसँगै अम्बाती रायदु, दिनेश कार्तिक र खलिल अहमेद पनि बिबिसीआईको सम्झौतामा परेनन । मयंक अग्रवाल र ऋद्धिमान साहले बी श्रेणीमा स्थान पाएका छन्। यस्तै नवदीप सैनी, दिपक चाहर, शार्दुल ठाकुर, श्रेयस इयर र वासिङटन सुन्दर पनि सी श्रेणीमा समावेश छन्।

खेलाडीको श्रेणी यस प्रकार छ 
ए + (७ करोड भारु) : विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह
‍ए ( ५ करोड भारु) : आर आस्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्का राहाणे, शिखर धवन, मोहमद सामी, इशान्त शर्मा, कुलदिप यादव, रिशव पन्त, केएल राहुल
बी ( ३ करोड भारु) : उमेश यादव, युजभेन्द्र चाहल, हार्दिक पाण्ड्या, ऋद्धिमान साह, मयंक अग्रवाल
सी (१ करोड भारु) : केदार जादव, मनिष पाण्डे, हुनुमा बिहारी, नवदिप सैनी, दिपक चाहर, शार्दुल ठाकुर, श्रेयस इयर, वासिङटन सुन्दर


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको सभापतिमा गगनकुमार थापा बहुमतका साथ निर्वाचित भएका छन् । राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको…

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

प्रतिकृयाहरू
...