Tuesday 29th September 2026

2019 का चर्चित जोडी


सधैँझैँ यस वर्ष पनि केही सेलिब्रिटीको प्रेम चर्चामा रह्यो। केहीले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारे भने कसै–कसैका त ब्रेकअपका समेत खबर बाहिरिए।

मलाइका–अर्जुन

सन् २०१९ को चर्चित जोडीमा पर्छ, मलाइका अरोडा र अर्जुन कपुरको जोडी। आफ्नो प्रेमबारे सार्वजनिक रूपमा मुख नखोले पनि इन्स्टाग्राममा एकअर्काको फोटो सेयर गर्ने गरेका थिए, थुप्रै पार्टीमा सँगै देखिएका थिए भने उनीहरूले बिदा पनि सँगै मनाएका थिए। पछिल्लो वर्षजस्तै लुकी–लुकी नभई यस वर्ष उनीहरू एकअर्कालाई खुल्लमखुल्ला भेटिरहेका थिए।

आलिया–रणवीर

यस वर्षका प्रेमीहरूको सूचीमा आलिया भट्ट र रणवीर कपुरको नाम पनि रह्यो। उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई अफेयर र डेटिङमा मात्र सीमित राखेनन्। यस जोडीले बिहे गर्ने निर्णयसमेत गरेको छ।

सारा–कार्तिक

बलिउडका अहिलेका चल्तीका हिरो कार्तिक आर्यन र फिल्म ‘केदारनाथ’ बाट डेब्यू गरेकी अभिनेत्री सारा अली खानबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो। यो जोडीले इम्तियहाज अलीको फिल्म ‘लभ आजकल २’ मा काम गरिरहेको छ। सुटिङका क्रममा उनीहरूबीच प्रेम झांगिएका समाचार मिडियामा आएका थिए। तर, यी दुवै स्टारले आफूहरूबीच प्रेम सम्बन्ध नरहेको बताएका थिए।

आथिया–राहुल

अभिनेता सुनील सेट्टीकी छोरी आथिया सेट्टीले सन् २०१५ मा फिल्म ‘हिरो’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनको भारतीय क्रिकेटर के एल राहुलसँग प्रेम सम्बन्ध रहेको चर्चा बलिउडमा चलेको थियो। राहुलले विशेष अवसरमा आथियाका फोटो सामाजिक सञ्जालमा सेयर गर्दै आफूहरूबीच सम्बन्ध रहेको जनाउने गरेका थिए।

टाइगर–दिशा

अभिनेता टाइगर स्रोफ र अभिनेत्री दिशा पटानीको जोडी बलिउडका हिट र फिट जोडीमा पर्छ। उनीहरूलाई धेरै ठाउँमा सँगै देखियो। प्रायः हरेक साता उनीहरू लन्च वा डिनरमा सँगै देखिन्थे। तीन वर्षयता एकअर्कालाई डेट गरिरहेका उनीहरूको सम्बन्ध चिसिइरहेको खबर पनि आएको थियो। उनीहरूले आफ्नो प्रेम सम्बन्ध स्विकारेका छैनन्। एकअर्कालाई असल मित्र भन्दै आएका छन्।

सुस्मिता–रोहमन

अभिनेत्री सुस्मिता सेन र उनका ब्वाइफ्रेन्ड रोहमन सोलले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक रूपमा स्वीकार गरेका थिए। रोहमनले सामाजिक सञ्जालमा लेख्दै आफूहरू प्रेममा रहेको बताएका थिए।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

प्रतिकृयाहरू
...