Wednesday 17th June 2026

न्युजिल्याण्डमा ज्वालामुखी विष्फोट, कम्तिमा ५ जनाको मृत्यु


तितोपाटी – न्यूजिल्याण्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ। अहिले उक्त स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ। उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ। उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन्। घाइतेहरूको शरीर पोलेको छ।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आइल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो।स्थानीय समयानुसार दिउँसो २:११ बजे विस्फोट भएको थियो। विस्फोट भएको समयमा उक्त ह्वाइट आइल्याण्डमा दर्जनौं मानिस रहेको बताइएको छ।सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो। प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छन्।उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ।

सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आइल्यान्ड पर्यटकीय स्थल हो।त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गर्छन्। ज्वालामुखी क्षेत्रको प्रत्यक्ष भिडिओ फीडमा सो क्षेत्रमा पर्यटकहरूको समूह डुलिरहेको र एक्‍कासी विस्फोट भएपछि फीड रोकिएर अन्धकार भएको देखिन्छ। ह्वाईट आइल्याण्डमा विगतमा पनि कैयौँ ज्वालामुखी विस्फोटका घटना भएका छन्। तर मानिसहरू सोही क्षेत्रमा रहेका बेला भने यसअघि विस्फोट भएको थिएन।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...