Tuesday 11th November 2025

न्युजिल्याण्डमा ज्वालामुखी विष्फोट, कम्तिमा ५ जनाको मृत्यु


तितोपाटी – न्यूजिल्याण्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ। अहिले उक्त स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ। उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ। उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन्। घाइतेहरूको शरीर पोलेको छ।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आइल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो।स्थानीय समयानुसार दिउँसो २:११ बजे विस्फोट भएको थियो। विस्फोट भएको समयमा उक्त ह्वाइट आइल्याण्डमा दर्जनौं मानिस रहेको बताइएको छ।सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो। प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छन्।उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ।

सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आइल्यान्ड पर्यटकीय स्थल हो।त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गर्छन्। ज्वालामुखी क्षेत्रको प्रत्यक्ष भिडिओ फीडमा सो क्षेत्रमा पर्यटकहरूको समूह डुलिरहेको र एक्‍कासी विस्फोट भएपछि फीड रोकिएर अन्धकार भएको देखिन्छ। ह्वाईट आइल्याण्डमा विगतमा पनि कैयौँ ज्वालामुखी विस्फोटका घटना भएका छन्। तर मानिसहरू सोही क्षेत्रमा रहेका बेला भने यसअघि विस्फोट भएको थिएन।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...