Thursday 29th October 2026

पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक


तितोपाटी- नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ ।

उनका पिता यामप्रसाद आचार्यको ६९ वर्षको उमेरमा आज बिहान कीर्तिपुरस्थित निवासमा निधन भएको थियो । अर्घाखाँचीमा जन्मिएका दिवङ्गत आचार्यका श्रीमती, एक छोरी र दुई छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

आचार्यको श्रद्धाञ्जलिका लागि सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत नेता र पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए । यसैबीच महासङ्घका महासचिव रमेश विष्ट तथा प्रेस सङ्गठन, नेपालका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले अलग अलग शोक वक्तव्य जारी गरी आचार्यको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्।…

प्रतिकृयाहरू
...