Friday 30th October 2026

नेपाल वायुसेवा निगमले यात्रु नपाएपछि जापान उडानमा कटौती


नेपाल वायुसेवा निगमले यात्रु नपाएपछि जापानको उडान कटौती गरेको छ। निगमले भदौ १२ गतेदेखि काठमाडौंबाट जापानको ओसाकामा सिधा उडान सुरु गरेको हो।

निगमले हरेक बिहीबार, मंगलबार र शनिबार काठमाडौंबाट जापान उडान सुरु गरेको थियो। पहिलो दुईवटा दुईतर्फी उडानपछि नै निगमले हरेक बिहीबारको उडान कटौती गर्ने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए।

‘जापानको सुरुवाती उडान भएपनि दसैंको मुख परेकोले काठमाडौंबाट जापान जाने यात्रुको संख्या कम देखियो, जापान जाँदाको तुलनामा फर्कदा सन्तोषजनक यात्रु आइरहेका छन्’, उनले भने,‘काठमाडौंबाट जाँदा १०० जनाभन्दा कम यात्रु मात्रै भइरहेको भएपनि बिहीबारको उडानमा भने यात्रुको बुकिङ न्यून देखियो।’

जहाज खाली उडाउनुभन्दा एक महिनाको लागि हरेक बिहीबारको उडान कटौती गरेर सातामा दुईवटा मात्रै उडान गर्नेे निर्णय निगमले गरेको जानकारी मिश्रले दिए। मिश्रका अनुसार यात्रुको चाप बढेको अवस्थामा र आवश्यकता हुँदा चारवटा उडान पनि गर्न निगम तयार रहेको छ। तर, सुरुवाती उडान खाली उडाउँदा घाटामात्रै हुने भएकोले साताको मध्य विन्दूको उडानलाई कटौती गरिएको हो।

अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...