Friday 19th June 2026

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय


सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी ) बाट १५५ जना रहने निर्णय गरेको छ । संगठनले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीसहित यस्तो निर्णय गरेको हो ।

यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम  All Nepal National lndependent  StudentsÚ Union रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ ।
राजनीतिकर सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति
संयोजक–ऐन महर
सदस्य–सुरेन्द्र बस्नेत
सदस्य–पञ्चा सिंह

विधान मस्यौदा उपसमिति
संयोजक–रञ्जित तामाङ
सदस्य–सुनिता वराल
सदस्य–समिक वडाल

आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति
संयोजक–उत्तम अधिकारी
सदस्य–आरसी लामिछाने
सदस्य (झपिन्द्र खत्री
सदस्य–केशव रावल

आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर , सहसंयोजक रञ्जित तामाङसहितको औपचारिक वैठकले विभिन्न तीन उपसमिति समेत बनाएको हो । आजको वैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र १ गते बस्ने निर्णय समेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...