Saturday 16th May 2026

सेलिब्रेटीको ‘जिग्री‘ आतंक


केही दिनदेखि सामाजिक सञ्जाल इन्स्टाग्राममा सेलिबे्रटीहरु ‘जिग्री’ खोज्न थालेका छन्। जिग्रीलाई उनीहरु आफूले बोक्ने ब्यागदेखि, दराज, कबर्ट, सोफा ओछ्यान चारैतिर खोज्छन्। उनीहरु जिग्री नभेटाउँदा तनावग्रस्त हुन्छन् र आफ्ना फलोअरस्लाई नै खोजिदिन बिन्ती गर्न थाल्छन्। आखिर को हुन् त जिग्री? जसको खोजीमा सेलिब्रेटीहरु इन्स्टामा आतंक मचाइ रहेका छन्।

कोकाकोलाले ‘जिग्री प्याक हातैमा मज्जा साथैमा’ स्लोगान सहित कोकाकोला क्याम्पेन सुरु गरेको छ। यस क्याम्पेनले काठमाडौं सहर बजारलाई होर्डिङ बोर्डले रंगाएकै छ। त्यसमाथि इन्स्टामा बढीभन्दा बढी फलोअरस् भएका सेलिब्रेटीलाई विज्ञापन गर्न छानिएको देखिन्छ। विज्ञापन गर्नेमा नेपालका चर्चित गायक गायिकादेखि नायिका र पूर्वमिस नेपाल बढी छन्।

युवामाझ निकै लोकप्रिय गायक सोप्न सुमन र चलचित्र बुलबुलबाट चर्चामा आएकी नायिका स्वस्तिमा खड्का लगायतले आफ्नो ब्यागमा जिग्री अर्थात कोकाकोला खोजी रहेका छन्। अर्को तर्फ पूर्वमिस नेपाल निकिता चण्डक, नीति शाह, रिमा विश्वकर्मा, गायिका इन्दिरा जोशी, नायिका प्रियंका कार्की लगायतका सेलिब्रेटी कोठाको दराज, सोफा, र कबर्टमा जिग्री खोज्दै छन्।

सुरुमा यो विज्ञापन हेर्नेले सेलिब्रेटीहरु ब्याग र दराजमा के खोज्दैछन् पत्तै लगाउनै सकिँदैन। सेलिब्रेटीले विज्ञापनमा बोलेको डाइलग पनि ‘कन्भिन्स’ गराउने खालको छैन। उनीहरुको संवाद सुन्दा यस्तो लाग्छ त्यहाँ कोकाकोलाको होइन अरु नै केही खोजी भइरहेछ। तपाईको गोजीमा जिग्री छ ?, जिग्री एकदमै रमाइलो छ, दामी छ, फन र कुल छ, झक्कास छ सेलिबे्रटीले बोल्ने विषयवस्तु यस्तै छन्। विज्ञापनको एक पाटो जिग्रीको परिचय खुलाए बिना नै समाप्त हुन्छ। अर्को दिन विज्ञापनको दोस्रो पाटो देखाइन्छ। जसमा जिग्री अरु कोही वा केही नभएर कोकाकोला हुन्छ।

सेलिबे्रटीहरुले यो विज्ञापन आफ्नै इन्स्टामा पोष्ट गरेका छन्। तर कोकाकोलाले चर्चित सेलिबे्रटीलाई विज्ञापनमा लिन जिग्रीको खोजी गर्न लगाउने शैली खासै प्रभावकारी देखिँदैन तर अर्को तर्फ सेलिबे्रटिको नाटकीय अभिनयमा पनि कुनै दम नहुँदा यसले घाटा कोकाकोलालाई नभइ सिधै सेलिब्रेटीलाई हुने देखिन्छ।

कोकाकोलाले विज्ञापनमा देखाउनु पर्ने क्रियटिभीटीमा चुके जस्तै यस क्याप्पेनमा सहभागी सेलिब्रिटीले मोटो रकम पाएमा जस्तो सुकै विज्ञापन खेल्ने रहेछन् भन्ने प्रस्ट्याउँछ। होइन भने दराज, ब्याग र सोफाको कुना काप्चामा कोकाकोलाको बोटल खोज्ने विज्ञापन कस्तो होला भन्ने अनुमान लगाउन सलिब्रेटीले गाह्रो पर्ने थिएन।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...