Saturday 16th May 2026

विपिन र नाजिर वेस्ट एक्टर-शिल्पा मास्के,अभिनेत्री


कागजपत्र, ब्रेकअप, सानो मन लगायतका चलचित्रमा अभिनय गरेकी अभिनेत्री शिल्पा मास्केले आफूलाई प्रिय लाग्ने कुरा यसरी बताइन्ः

 पुस्तक
मलाई पुस्तक पढ्न असाध्यै मन पर्छ। मैले नेपाली विदेशी गरेर थुप्रै साहित्यिक पुस्तकहरु पढेकी छु। मन परेका पुस्तकहरु दराजमा राख्छु र फिल्मको सुटिङ सकिएपछि सुटिङको ह्याङ हटाउन पनि पुस्तक पढ्ने गर्छु। मैले हालै पढेको पुस्तक जापानी साहित्यकार मुराकामीको ‘नर्वेजियन उड’ भन्ने पुस्तक हो। मलाई यो पुस्तक पछिल्लो समय मन परेको छ।
यो पुस्तक मलाई मन पर्नुको कारण चाहिँ यसले केही गरौँ भन्ने ऊर्जा दिन्छ।

लेखक
लेखकमा मलाई यही मन पर्छ भन्ने छैन। अलिक मन परेको लेखेको त्यही मुराकामी हो। विदेशी लेखकमा सबै एक से एक छन्। आफूले भोगेको भन्दा अर्र्कै संसारमा पु¥याउने भएकाले मलाई उनी मन परेको हो। नेपाली लेखकको कुरा गर्ने हो भने सबै जना उत्तिकै महŒवको हुनुहुन्छ।

भेट्न मन लागेको व्यक्ति
मलाई नेपालकै अनुराधा कोइरालासँग भेट्न मन लागेको छ। नेपालमा भएर पनि भेट्न पाएकी छैन। मैले उहाँको बारेमा यति धेरै तारिफ सुनेँ, पत्रपत्रिकातिर पनि पढिरहेकी हुन्छु तर अहिलेसम्म भेट्न पाएकी छैन। महिलाको हितमा उहाँले गरेको काम मलाई बडो उदाहरणीय लाग्छ।

भेटिरहन मन लाग्ने व्यक्ति
मलाई मेरै परिवार नै हो। त्यस पछाडि मेरा साथीहरुलाई नै भेटिरहन मन लाग्छ। मेरो प्यारी साथी रोजिता शाहीलाई सधैँ भेटिरहन मन लाग्छ। त्यसपछि त आफ्नै परिवार हो। आफूलाई परिवारसँग बसेर गफ गर्ने रमाइलो गर्न मन पर्छ।

हेरिरहन मन लाग्ने फिल्म
मलाई नेपाली फिल्ममा जति हेरे पनि नअघाएको ‘पशुपतिप्रसाद’ हो। हाम्रै समाजमा भइरहेको घटनालाई देखाइएको छ। यसको विषयवस्तु नै स्ट्रोङ छ। मैले सुरुमा यो फिल्म हेर्दा कतिखेर फिल्म सकियो पत्तै पाइनँ। मैले युकेमा हुँदा युट्युबमा हेरेकी थिएँ। कति वर्षपछि राम्रो नेपाली फिल्म हेर्न पाएँजस्तो लाग्यो। घरमा बस्दा यो फिल्म कहिलेकाहीँ हेरिरहेकी हुन्छु। यसको कथावस्तु, अभिनय, पात्र छनोट राम्रो लागेको हो। अझ फिल्ममा कलाकारको अभिनय उत्तिकै सशक्त छ।

अर्को फिल्म ‘झोला’ पनि मलाई मन परेको फिल्ममा नै पर्छ। यो सतिप्रथामा आधारित फिल्म हलमा गएर नै हेरेकी थिएँ। सोचेको भन्दा राम्रो फिल्म लाग्यो। यो फिल्ममा मलाई गरिमा पन्तको अभिनय एकदमै राम्रो लाग्यो। त्यस कारण मलाई यी दुई फिल्म मन परेको हो।

पोशाक
धेरै जसो मलाई कुर्था सुरुवाल नै मन पर्छ। आफूलाई लगाउनका लागि पनि कुर्था सजिलो लाग्छ। समयअनुसार क्याजुअल ड्रेस पनि ठीकै लाग्छ। मेरो फेभरेट कुर्था सुरुवाल नै हो। म आफूले लगाएको कुर्थामा राम्री पनि देखिन्छु जस्तो लाग्छ।

अरु मन नपर्ने होइन। यसो हेर्दा झिलिक्क परेको देखेँ या कतै भेटेँ भने किनिहाल्छु। यस्ता लुगा धेरै समय मनमा रहन्न।

निर्देशक
भारतीय निर्देशक अनुराग कश्यपको फिल्महरु राम्रो लाग्छ।  नेपाली फिल्मका निर्देशकमा रामबाबु गुरुङको निर्देशकीय पक्ष निकै राम्रो लाग्छ। उहाँको फिल्म राम्रो बनेका पनि छन्। त्यस कारण मलाई रामबाबु गुरुङ, त्यस्तै निश्चल बस्नेत पनि मलाई मन पर्ने निर्देशक हुनुहुन्छ। हेमराज बिसी अर्का प्रतिभाशाली निर्देशक हुनुहुन्छ। उहाँका फिल्ममा केही न केही फरक खाल्को पन पाउँछु।

अभिनेता
मलाई नाजिर हुसेनको काम एकदमै मन पर्छ। मैले फिल्ममा अभिनय गर्दा मलाई सिकाउने गर्नुहुन्थ्यो। विपिन कार्की पनि मलाई मनपर्ने अर्का अभिनेता हुनुहुन्छ। उहाँहरुको अभिनय दमदार लाग्छ।

अभिनेत्री
मलाई नम्रता श्रेष्ठ, आना शर्माको काम एकदमै मन पर्छ। जुनसुकै भूमिका निर्वाह गर्न सक्ने क्षमता उहाँहरुमा छ। त्यस्तै दिया मास्के पनि भेरी गुड एक्टर। अभिनय क्षेत्रमा रियालिटी दिन सक्ने कलाकार हो उहाँ।

गीत
फिल्म ‘कागजपत्र’को ‘माया संसार’ भन्ने गीत एकदम मन पर्छ। मैले यो कुनै कुनै समय आफैँ गुनगुनाइरहेकी हुन्छु।

गायक
मलाई विदेशी गायकहरुको गायन एकदमै मन पर्छ। विदेशी गीत सुन्दासुन्दा नेपाली गीतहरु पनि सुनौँ न भन्ने लाग्छ। राजनराज बैद्य, सुशान्त केसी मलाई मनपर्ने स्वर हुन्। हाम्रो जेनेरेसनका लागि सुहाउँदो गीतहरु उहाँहरुले गाउनु हुन्छ।

गायिका
बर्तिका राई पछिल्लो समय मलाई मन पर्ने गायिका हुन्। उनले गाएको ‘किन सोच्छौ किन डर यति’, विम्वाकास’ लगायतका गीत मलाई मनपर्छ।

चरित्र अभिनेता

विशाल पहाडी मलाई मन पर्ने चरित्र अभिनेतामा पर्नुहुन्छ। दुई वटा फिल्ममा सँगै अभिनय गर्ने मौका पाएकी थिएँ। उहाँको हाउभाउ र अरुलाई गर्ने व्यवहार एकदमै मन प¥यो।

चरित्र अभिनेत्री
मलाई गौरी मल्ल मन पर्छ। मसँग आमा भएर पनि खेल्नुभएको छ। उहाँसँग काम गर्दा एकदमै सहज लागेको थियो। उहाँको अभिनयको फ्यान पनि हो म।

ड्रेस
मलाई जिन्स पेन्ट, टिसर्ट मन पर्छ र तर कार्यक्रममा जाँदा क्याजुअल ड्रेस नै चुज गर्छु।

कलर
मलाई कालो र सेतो कलर मन पर्छ। कुन कलरको लगाउने भन्दा मेरो मुडमा फरक पर्छ। तर मलाई मन पर्ने कलर कालो र सेतो नै हो।

सवारी साधन
काठमाडौँको धुलो देख्दा गाडी नै ठीक जस्तो लाग्छ। हतार हुँदा भने मोटरसाइकल नै ठीक।

फूल
मलाई सबै फूल मन पर्छ। सबै फूलहरु सुन्दर लाग्छन्।

मोबाइल
मैले आई फोन चलाउँदै आएकी छु। आइफोन नै मलाई सजिलो लाग्छ।

चाडपर्व
मलाई चाडपर्वमा तिहार र होली मन पर्छ। तिहारमा घरहरु पनि झिलिमिली हुन्छन्। होलीमा कलरहरुसँग खेलिन्छ। वर्षमा एकपटक आउने चाड भएका कारण पनि मलाई रमाइलो लाग्छ।  तिहारमा दाजुभाइसँगको भेटघाट गर्ने माहोल हुन्छ। होलीमा कलर खेलेर रमाइलो गर्न पाइन्छ। यस कारण यी दुई चाड मन पर्छ।
प्रस्तुतिः भोला अधिकारी/नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...