Friday 23rd October 2026

नेपालले कुवेतलाई हरायो, कप्तान पारस खड्काको उत्कृस्ट प्रदर्शन


जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो

सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले  कुवेतमाथि ७ विकेटको जित हासिल गरेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ । कप्तान पारस खड्काको उत्कृस्ट प्रदर्शन संगै कुबेत बिरुद्द जित निकालेको नेपालले  टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट चरण नजिक पुगेको छ ।

नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेल्दै १  छक्का र ११ चौकासहित ४२ बलमा ६८ रन बनाएक थिए  । भने शदर भेषवाकरले ३८ रन र ज्ञानेन्द्र मल्लले १९ रनको जोड्न सफल भए । रोहितकुमार पौडेलले ६  रन जोड्दा  दीपेन्द्रसिंह ऐरी १ रन मै आउट भएका थिए  ।

नेपालले टस जितेर बलिङ रोजेको थियो  पहिला ब्याटिङ गरेको  कुवेतले  २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि मोहमद काषिफले मात्रै नेपालको ३ विकेट लिएका थिए  । कुवेतका लागि  कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाएका थिए  ।

जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाललाई टीट्वेन्टी विश्वकपको ग्लोबलमा छनोट हुनका लागि आइतबार हुने खेलमा सिंगापुरमाथि जित हात पार्नुपर्ने छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो ।

तस्बिर:-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...