Friday 13th March 2026

नेपालले कुवेतलाई हरायो, कप्तान पारस खड्काको उत्कृस्ट प्रदर्शन


जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो

सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले  कुवेतमाथि ७ विकेटको जित हासिल गरेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ । कप्तान पारस खड्काको उत्कृस्ट प्रदर्शन संगै कुबेत बिरुद्द जित निकालेको नेपालले  टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट चरण नजिक पुगेको छ ।

नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेल्दै १  छक्का र ११ चौकासहित ४२ बलमा ६८ रन बनाएक थिए  । भने शदर भेषवाकरले ३८ रन र ज्ञानेन्द्र मल्लले १९ रनको जोड्न सफल भए । रोहितकुमार पौडेलले ६  रन जोड्दा  दीपेन्द्रसिंह ऐरी १ रन मै आउट भएका थिए  ।

नेपालले टस जितेर बलिङ रोजेको थियो  पहिला ब्याटिङ गरेको  कुवेतले  २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि मोहमद काषिफले मात्रै नेपालको ३ विकेट लिएका थिए  । कुवेतका लागि  कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाएका थिए  ।

जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाललाई टीट्वेन्टी विश्वकपको ग्लोबलमा छनोट हुनका लागि आइतबार हुने खेलमा सिंगापुरमाथि जित हात पार्नुपर्ने छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो ।

तस्बिर:-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...