Thursday 24th September 2026

मोडल दुर्गेश थापाको तीज गीत ‘काचो कटर’ सार्वजनिक(भिडियो सहित)


तितोपाटी- पछिल्लो समयका चर्चित तथा ब्यस्त मोडल एवं गायक हुन् दुर्गेश थापा, उनी मोडल तथा गायक मात्र होईनन दुर्गेश राम्रो शब्द पनि लेख्नुको साथै भिडियो निर्देशन पनि गर्दछन् । उनै मोडल तथा गायक दुर्गेश थापाको नयाँ “काचो कटर” तीज गीत युट्युब द्वारा सार्वजनिक भएको छ ।रक तीज गीतमा महिलाहरुले मात्र मनाउनुपर्छ भन्ने विषयलाई उनले उथल गरेका छन् । बिशेष गरि दर्शक स्रोतालाई नयाँ स्वद दिने दुर्गेश यो तीजमा महिला दिदिबहिनीसंगै पुरुष दाजुभाईले समेत यो गीतलाई रुचाउनेमा विश्वास छन् ।

योगीत मात्र होईन दुर्गेशका हरेक गीतमा दर्शक स्रोताहरु रमाएकै हुन्छन् । सार्वजनिक तीज रक गीतमा शब्द, संगित तथा स्वर दुर्गेश थापाकै रहेको छ । जसलाई संगीत संयोजन शाहान शाक्यले गरेका हुन् ।गीतको म्युजिक भिडियोलाई चर्चित भिडियो निर्देशक शिव विकले निर्देशन गरेका छन् । जसमा कलाकारहरु दुर्गेश थापाको अलवा आवी, कुमार, अंकित, प्रशान्त, लोमस रहेका छन् ।

म्युजिक भिडियोलाई जय रेग्मीले छायांकन गरेका हुन् भने, बिकास ज्ञावालीले सम्पादन गरेका हुन् । तीज रक गीतलाई दुर्गेश थापाको युट्युव च्यानलबाट द्वारा सार्वजनिक गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...