Thursday 24th September 2026

गायिका पारु रंजितको तिज गित “आउ कम्मर भाँच्नलाई” सार्वजनिक (भिडियो सहित)


तितोपाटी- गत सालको तीज गीत (तीजको लहर अमेरिका सम्म) बोलको गीतबाट एकाएक चर्चामा आएकी गायिका पारु रंजित’ले यो साल पनी तीज गीत संगीत प्रेमीहरुलाई र हिन्दु महिलाहरुको माहान चाड तीजलाई मध्यनजर गर्दै आउ कम्मर भाँच्नलाई तीज गीत बजारमा लाएकी छन् । उक्त तीज गीतको भिडियो पुस्कर सुनुवार’को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

आउ कम्मर भान्च्नलाई बोलको गीतलाई गीतकार किरण के उप्रेतीले रचना गरेका छन् भने संगीत तथा संगीत संयोजन गायक’ संगीतकार पुस्कर सुनुवार’ले गरेका छन् । उक्त गीतमा अभिनय भने सदाबहार नायिका करिश्मा मानन्धरको रहेको छ।

गायिका पारु रंजित’को गत सालको तीज गीतमा पनी नायिका करिश्मा मानन्धर’ले नै अभिनय गरेकी थीइन भने, अहिले पनी गायिका पारु रंजित’को आउ कम्मर भाँच्नलाई बोलको गीतमा सदाबाहर नायिका करिश्मा मानन्धर’को नै अभिनय रहेको छ । गीत’को भिडियोमा निर्देशन तथा नृत्य निर्देशन कमल राइको रहेको छ भने’ छायांकन शिब ढकालको रहेको छ,त्यस्तै भिडियो सम्पादन समिर मियाँले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...