Tuesday 28th July 2026

नायिका नीता ढुंगाना अब भोजपुरी फिल्ममा पनि


तितोपाटी – नायिका नीता ढुंगाना अभिनय राम्रो गर्छिन् तर अभिनयले मात्र उनको क्रेज बनाउन सकेन । बाल कलाकार हुँदै नायिका बनेकी नीतालाई चलचित्रको अभाव भने छैन ।
उनले, बलिउडका चर्चित कमेडियन राजपाल यादवसँग चलचित्र ‘करोडपति’मा काम गरिन् । यो चलचित्र कहिले रिलिज हुन्छ भन्ने बिषयमा केही पनि बताइएको छैन । चलचित्रमा नीताको जोडीको रुपमा नायक आर्यन अधिकारी छन् ।

बलिउड कलाकारसँग काम गरेकी नीता अब भने भोजपुरी दुनियाँमा लागेकी छिन् । नेपाली चलचित्रमा काम गर्दा गर्दै भोजपुरी फिल्ममा पुगेर विराज भट्ट स्टार बनेका थिए । नीताले पनि एक भोजपुरी चलचित्र साइन गरेकी छिन् ।

नाम सार्वजनिक नगरिएको यो चलचित्रमा नीताको जोडीको रुपमा भोजपुरी चलचित्रका स्टार दिनेशलाल यादवले काम गर्दैछन् । उनलाई ‘निरहुवा’ उपनामले बढी चिनिन्छ । चलचित्रको कथावस्तु मन परेकाले काम गर्न लागेको बताउँदै नीताले आफ्नो भूमिका कमजोर नभएको बताइन् ।

चलचित्रको छायांकन नेपाल र भारतमा हुने नीताको भनाई छ । दिनेशले नेपाली चलचित्रका चर्चित द्धन्द्ध निर्देशक चन्द्र पन्तले निर्देशन गरेको ‘निरहुवा चलल लन्डन’ नामक चलचित्रमा काम गरिसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...