Sunday 11th May 2025

नायिका नीता ढुंगाना अब भोजपुरी फिल्ममा पनि


तितोपाटी – नायिका नीता ढुंगाना अभिनय राम्रो गर्छिन् तर अभिनयले मात्र उनको क्रेज बनाउन सकेन । बाल कलाकार हुँदै नायिका बनेकी नीतालाई चलचित्रको अभाव भने छैन ।
उनले, बलिउडका चर्चित कमेडियन राजपाल यादवसँग चलचित्र ‘करोडपति’मा काम गरिन् । यो चलचित्र कहिले रिलिज हुन्छ भन्ने बिषयमा केही पनि बताइएको छैन । चलचित्रमा नीताको जोडीको रुपमा नायक आर्यन अधिकारी छन् ।

बलिउड कलाकारसँग काम गरेकी नीता अब भने भोजपुरी दुनियाँमा लागेकी छिन् । नेपाली चलचित्रमा काम गर्दा गर्दै भोजपुरी फिल्ममा पुगेर विराज भट्ट स्टार बनेका थिए । नीताले पनि एक भोजपुरी चलचित्र साइन गरेकी छिन् ।

नाम सार्वजनिक नगरिएको यो चलचित्रमा नीताको जोडीको रुपमा भोजपुरी चलचित्रका स्टार दिनेशलाल यादवले काम गर्दैछन् । उनलाई ‘निरहुवा’ उपनामले बढी चिनिन्छ । चलचित्रको कथावस्तु मन परेकाले काम गर्न लागेको बताउँदै नीताले आफ्नो भूमिका कमजोर नभएको बताइन् ।

चलचित्रको छायांकन नेपाल र भारतमा हुने नीताको भनाई छ । दिनेशले नेपाली चलचित्रका चर्चित द्धन्द्ध निर्देशक चन्द्र पन्तले निर्देशन गरेको ‘निरहुवा चलल लन्डन’ नामक चलचित्रमा काम गरिसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

प्रतिकृयाहरू
...