Thursday 30th July 2026

नेपालमा पनि ५० लाखको पुरस्कारसहित “कमेडी च्याम्पियन”


काठमाडौं– यो वर्षको गाईजात्रा छेका पारेर आगामी भदौ महिनाबाट कान्तिपुर टेलिभिजनबाट प्रतियोगिता मुलक कमेडी रियालिटी शो (हास्यप्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ । ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको कार्यक्रमका निर्देशक बिशाल भण्डारी हुन् । ‘३ प्रोडक्सन’ले राजधानीमा एक कार्यक्रमको आयोजना सहित ‘कमेडी च्याम्पिएन’को विभिन्न पक्षबारे जानकारी दियो ।

प्रतियोगितामा बरिष्ट हास्यव्यँग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक रहेका छन् । बिदेशी हास्य कार्यक्रमको यो कुनै फ्रेन्चाईज नभएको दाबी निर्देशक भण्डारीले गरेका छन् । भण्डारीले भने, ‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गर्ने ।

त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनुपर्ने छ ।’ यिनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पियनसिपको अडिसन आफुहरु सहभागी हुन पाउने छन् ।

अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक भण्डारीले जानकारी गराए । उत्कृष्ट तीनबाट दर्शकको भोट  र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ ।

कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  अभिनेत्री रिमा विश्वकर्माले सञ्चालन गर्ने कार्यक्रमको निर्माता अभिनेत्री केकी अधिकारीसहित राज घिमिरे र सृजा थपलिया रहने छन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...