Saturday 3rd October 2026

विरक्तिएको मन


जाडो यसै गर्मी भन्दा छैन कतै शितल ।
फूलबारी छैन यहाँ, छैन बर पिपल ।।

पैसा भन्दै हाम फाल्यो ज्यान जान सक्छ।
भाको सबै गट्याम गुटुम पारी लान सक्छ।।

भ्रष्ट्राचार र महंगीले डुबाई दियो नेपाल।
दुःखै दुःख विदेशमा कर्मसंगै कपाल।।

बाध्यताले खाडी मुलुक टोलाउँदैछन् आँखा।
मलाई संझी रुँदै होलान गाउँका डाँडा पाखा।।

बल वैंश जोश जाँगर विदेशमा सबै।
बुढो ज्यान फर्केपछि के गर्नु र कठै।।

छबिराम सुनार “निर्दोष” (डेढ गाउँले भाञ्जा)

नोटः यस कविताका रचनाकार अलमुल्लाह मनी एक्सचेन्जमा काम गर्नु हुन्छ।

वहाँसँग पैसाको रेटको बारेमा पनि सोध्न सक्नु हुन्छ।

फोन नम्बर- 55708445 ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...