Wednesday 12th August 2026

समाचारको प्रभावः मृतकका परिवार दूतावासको सम्पर्कमा आए


तितोपाटी – तितोपाटी डट कम बाट कुवेतमा मृत्यु भएकी झापाकी सुमित्रा लिम्बुको परिवारजन सम्पर्कमा नआएर शव नेपाल पठाउन असहज भएको विषयको समाचार हिँजो प्रकाशित भएपछि आजै नेपालबाट मृतकका भाइ नेपाली राजदूतावासको सम्पर्कमा आएको कुरा नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहादुर मगरले जानकारी दिएका छन् ।

घरेलु कामदारको रूपमा कुवेतमा कार्यरत लिम्बुको गत मेई २८ तारिक,२०१९ का दिन कुवेतमा मृत्यु भएको थियोे।बिरामी भए पछि उपचारको लागि अस्पताल भर्न्ना  गरिएकी सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म पनि मृतकको घर-परिवार वा आफन्तजनसंग सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाउन नसकिएकोले विषयको समाचार हिँजो मात्रै तितोपाटी डट कममा प्रकाशित भएको थियो ।

दूतावासले सबै कानूनी प्रकृया पुरा भैसक्दा पनि मृतकका परिवारजन सम्पर्कमा नअाएर शव नेपाल पठाउन नसकिएको बताए पछि तितोपाटी डट कमले सो समाचार प्रकाशित गरे पछि समाचारको प्रभाव स्वरूप समाचार प्रकाशित भएको २४ घण्टा पनि नबित्दै मृतकका भाइ सम्पर्कमा आएपछि  आज दूतावासका द्वित्तिय सचिव ज्ञान बहादुर मगरले समाचार प्रकाशित भएपछि समाचार मार्फत जानकारी पाएर परिवारजन सम्पर्कमा आएको बताउँदै समाचार सम्प्रेषण गरि सहयोग गरिदिएकोमा तितोपाटी डट कम लगायत सम्पुर्ण मिडियाहरूलाइ धन्यवाद दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...