Tuesday 6th October 2026

राजस्थानकी सुमन राव बनिन् ‘फेमिना मिस इण्डिया २०१९’


तितोपाटी –  फेमिना मिस इन्डिया २०१९को ताज राजस्थानकी सुमन रावले जितेकी छिन् । फेमिना मिस इन्डिया २०१९ प्रतियोगितामा कुल ३० प्रतियोगीको सहभागिता रहेको थियो । मिस इण्डिया भारतको राष्ट्रिय प्रतियोगिता हो भने यो प्रतियोगिता विजेताले मिस युनिभर्स प्रतियोगिता र उपविजेताले मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउन सक्दछन् ।

मुम्बईको सरदार वल्लभ भाई पटेल स्टेडियममा आयोजित मिस इन्डिया प्रतियोगितामा नायिका हुमा कुरैशी,चित्रंगदा शिंह, रेमो डिसुजाको समेत उपस्थिती रहेको थियो । सुमन रावलाई मिस इन्डिया २०१८की विजेता अनुकृति दासले ताज पहिर्याइदिएकी थिइन् ।

मिस इन्डिया २०१९को विजेता सुमन चार्टर्ड एकाउण्टेन्टकी विद्यार्थी हुन् । सुमनले प्रतियोगितामा अरुले असामान्य मानेका कुराहरु पनि गर्ने हिम्मत राख्ने गरेकाे बताउँदै आफु जीवनमा सबैभन्दा बढी आफ्ना आमा बुवाबाट प्रभावित भएको बताएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...