Tuesday 6th October 2026

अचम्मको जमाना आयो पहिले गर्भवती हुने अनि इन्गेज्मन्ट गर्ने !


तितोपाटी – गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्। एमीले इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो र भिडियो राख्दै जर्जसँग लामो सम्बन्ध कायम राख्नका लागि इन्गेजमेन्ट गरेको उल्लेख गरेकी छन्।

एमीले लन्डनमा दिएको इन्गेजमेन्ट पार्टीको तस्बिर र भिडियो इन्स्टाग्राममा राखे पछि सामाजिक सन्जालमा ती तस्बिर र भिडियो भाइरल भएका छन्। एक भिडियोमा जर्जको साथमा बसेकी एमीलाई उनका निम्तालु पाहुनाले घेरेर तस्बिर खिचेको देख्न सकिन्छ। भिडियोमा एमी कालो र सेतो गाउनमा निकै सुन्दर देखिएकी छन्। एमीले आफ्ना साथी तथा परिवारका सदस्यसँग निकै रमाएको प्रष्ट देख्न सकिन्छ।

जर्जले गत जनवरी १ मा एमीलाई प्रपोज गरेका थिए। ‘यो समय हाम्रा लागि महत्वपूर्ण समय हो। जनवरीको पहिलो दिन हाम्रो जीवनको एउटा रोमान्चक यात्रा सुरु भयो। म तिमीलाई माया गर्छु। मलाई विश्वकै सुखी र खुशी केटी बनाएकोमा तिमीलाई धेरै धन्यवाद छ’, एमीले इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छन्।

एमीले गत मार्च ३१ मा आफु गर्भवती भएको कुरा इन्स्टाग्राममा फोटो राख्दै खुलाएकी थिइन्। ‘अहिले आमा र बाबु बन्न लागेको अनुभव भइरहेको छ’, उनले लेखेकी थिइन्। एमीले एक पत्रिकामा दिएको अन्तरवार्तामा गर्भवती हुनु योजनाबद्ध नरहेको बताएकी थिइन्। ‘तर हामी यस्तो अवस्थामा आएमा तयारी अवस्थामा थियौं।

मलाई लाग्दैन कि तपाई सबै कामहरू योजनाबद्ध किसिमले गर्नुहुन्छ’, उनले भनेकी छन्, ‘हामी खुशी छौं। हामीसँग सुन्दर घर छ। त्यो घरमा सुन्दर सन्तान भित्र्याउन आतुर छौं।’ जोडीले विवाहका लागि ग्रिसको माइकोनोस आइसल्यान्डलाई छनोंट गरेका छन्।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...