Wednesday 12th August 2026

अनेसासको साहित्यवाचन सम्पन्न, ९औं वार्षिक उत्सवको लागि सबैलाइ निमन्त्रणा


तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अत्यन्तै  माधुर्यताले भरिएको साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको छ । अनेसास कुवेत च्याप्टरले हिँजो २६ अप्रिल २०१९ दिन फरवानिया पार्कमा बसेको सँस्थाको मासिक बैठकको अवसर पारेर सो साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको हो ।

अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम अागामी ३१ मे २०१९ शुक्रबारका दिन कुवेतको जलिब स्थित पपिन्स हलमा एक साहित्यीक कार्यक्रम गरि मनाउने सूचित गरे देखि नै मासिक रूपमा सँस्थागत बैठक तथा साहित्य वाचन गर्दै अाएको हो । सँस्थालाइ नेतृत्व गरिरहेका हिमाल अञ्जानको सभाध्यक्षतामा सम्पन्न मासिक बैठक तथा साहित्य वाचन कार्यक्रममा  सर्जकहरूले मनै छुने मिठा मिठा गजल, कविता तथा मुक्तक वाचन गरिएको थियो ।

उक्त साहित्य वाचान कार्यक्रममा सभाध्यक्ष हिमाल अन्जानको अलावा तिलाचन बस्याल, राज श्रेष्ठ, अमर खड्का, दिपक सुनुवार, संदेश पाखे, माधव पौडेल, प्रबिन आचार्य, प्रसाद तिमिल्सिना लगायतले  जति सुने पनि सुनि रहुँ लाग्ने गरि साहित्य वाचन गरेका थिए ।

अनेसास कुवेत च्याप्टरको हिँजोको बैठकले ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै  कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरले अनुरोध गरेको छ ।

उक्त कार्यक्रममा  कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवि, साहित्य अनुरागी, खेलाडी, कलाकार, गन्यमान्य भद्रभलाद्मी लगायत सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाइ उपस्थितिको लागि अनुरोध गर्दै यो कार्यक्रम तपाईं हामी सबै नेपालीको साझा कार्यक्रम भएको हुनाले यो कार्यक्रम भएको दिन अन्य कार्यक्रम नराखी दिनुहुन सबैमा अनेसास कुवेत च्याप्टरले अाग्रह समेत गरेको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ/इस्लामाबाद — कतारी पर्वतारोही शेखा अस्मा बिन्त थानी अल थानीले पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ग्यासेरब्रुम–२ (८,०३५ मिटर) सफलतापूर्वक आरोहण गर्दै…

कुवेतको गृह मन्त्रालयअन्तर्गत राज्य सुरक्षा सेवाले आतङ्कवादी संगठन ISIS का सदस्यहरूसँग सम्पर्कमा रहेको र विस्फोटक पदार्थ बनाउन तालिम लिएको आरोपमा…

भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुर जिल्लामा एउटा यस्तो संयुक्त परिवार छ, जहाँ छ पुस्ताका ८३ जना सदस्य एउटै परिवारका रूपमा बस्छन्।…

प्रतिकृयाहरू
...