Wednesday 13th May 2026

सरकार अधिनायकवादतर्फ उन्मुख भएको कोइरालाको आरोप


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिएको बताएका छन् । सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको उनको आरोप छ ।

बिराटनगरस्थित आफ्नो निवासमा बुधबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘वर्तमान सरकारले बिकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको संकेत गर्दैछ ।’ कांग्रेस पनि विकास र समृद्धिको पक्षमा रहेको उनले बताए । तर, विभिन्न बहानामा सरकार अधिनायकवादतर्फ उन्मुख भए कांग्रेसले खबरदारी गर्ने उनले बताए ।

मन्त्रीहरुमा अनुगमन गर्ने होड चलेको भन्दै उनले उनीहरुलाई ‘अनुगमन मन्त्री’को संज्ञा दिए । मन्त्रीको काम अनुगमन गर्ने नभई कानुन निर्माण गरी वेथिति बढाउनेलाई आवश्य कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउन सुझाव दिए ।
यसअघि मंगलबार कोइरालाले प्रधानमन्त्रीले प्रदेशसभामा घण्टौं भाषण दिनु राम्रो अभ्यास नभएको टिप्पणी गरेका थिए ।मोरङको जहदामा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकमा गरेको संबोधन संवैधानिक अधिकार भन्दा बाहिरको भएको बताएका थिए ।‘संसदीय ब्यवस्थामा प्रधानमन्त्री प्रदेशको सदनमा गएर २ । ३ घण्टा लामो भाषण दिनु संघीय व्यवस्थाको मर्म विपरीत हो’ उनले भने । प्रधानमन्त्री ओलीले हालै प्रदेशसभा १ को बैठकलाई संबोधन गरेका थिए भने केही समयअघि प्रदेशसभा ३ मा संबोधन गरेका थिए ।

नेता कोइरालाले प्रधानमन्त्रीले संवैधानिक अधिकार मिच्दै गए लोकतन्त्र नै कमजोर हुनेसमेत बताएका थिए । उनले आगामी आर्थिक वर्षका लागि संघीय सरकारले प्रदेशलाई दिएको बजेटले संघीयता चल्न नसक्ने पनि बताएका छन् । ‘तिम्रो ९ प्रतिशत बजेटले प्रदेश सरकार चल्छ, यति थोरै बजेटले प्रदेश सरकारलाई टिकाउन सक्छौं ? उनले केन्द्र सरकारलाई प्रश्न गरे । नेता कोइरालाले केही वर्षपछि आफ्नै साधन स्रोत सञ्चालनमा आएपछि प्रदेशलाई कम बजेट दिए पनि प्रदेश चल्न सक्ने भन्दै अहिलेको बजेटले भने चल्न कठिन हुने बताएका हुन् । उनले प्रदेश सञ्चालनका लागि कम्तीमा पनि २० प्रतिशत वजेट दिनुपर्ने धारणा राखेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...