Saturday 3rd October 2026

एनआरएनए कुवेत द्वारा राजदूत भण्डारीलाई भव्य स्वागत


बसन्त थापा- कुवेतको लागि नेपाली राजदूत दुर्गा प्रशाद भण्डारीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतले भव्य स्वागत गरेको छ।

एनआरएन कुवेतकी अध्यक्ष सुमित्रा पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कुवेतमा क्रियाशील राजनीतिक भातृसंगठनका पदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कुवेतको फरवानिया स्थित (चेफ नौशद) रेष्टुरेँटमा आयोजित स्वागत कार्यक्रममा उपाध्यक्ष अमृत गुरूँगले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन एनआरएन कुवेतका महासचिव हरि लावतीले गरेका थिए।

कार्यक्रममा राजेन्द्र तामाँग, तथा सूजन केसी, अमृत तामाङ लगायतको अातिथ्यता रहेको थियो। त्यस्तै पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष- नवराज पन्थीले मन्तब्य दिने क्रममा कुवेतस्थित बिभिन्न संघ संस्था लगायत सामाजिक व्यक्तिहरूसंग नेपाली दूतावासले मिलेर अगाडी बढ्नु पर्ने बताउदै दूतावासले आगामी दिनहरूमा अझै श्रमप्रतिको भूमिका महत्वपूर्ण दिनुपर्नेमा आफुले बिस्वास गरेको बताउदै नवनियुक्त राजदूत भण्डारीलाई स्वागत गर्दै कुवेतमा छरिएर रहेका नेपालीहरुको हालको अवस्था,स्थिति र उनीहरुका समस्या बारे प्रकाश पारेका थिए भने मन्जीत चाम्लिंग, जयनारायण माँझी, अमृत तामाँग, सूजन के सी, यूबराज ग़ैरे, लगायतले स्वागत मन्तव्य संगै आ- आफ्ना भनाई राख्दै कुवेतमा कार्यरत नेपालीहरुका समस्याहरु समधान गर्न नेपाली दूतावासले अझ क्रियाशीलता देखाउनु पर्नेमा जोड दिएका थिए ।

उपस्थित सभालाई सम्बोधन गर्ने क्रममा नव नियुक्त राजदुतले कुवेतवासी नेपाली समुदायको समस्यालाई सम्बोधन गर्दै दुई देशको सम्बन्धलाई अझ प्रगाड पार्ने बताउदै उक्त कार्यक्रममा कुवेतमा काम गर्दै आएका हजारौ श्रमिकहरुले बिगत देखि बर्तमान सम्म भोग्दै आएका विभिन्न किसिमको समस्याहरु र ति समस्याहरुको समाधान कसरी हुने साथै नेपाली श्रमिकहरुले कुवेतमा सुरक्क्षित र सरल तरिकाले कसरी कामकाज गर्ने भन्ने विषयमा र नेपाली कामदारको हकहितको लागि अन्य विभिन्न बिषयमा छलफल गरिने बताएका छन।

कार्यक्रममा बोल्दै अध्यक्ष सुमित्रा पौडेलले, राजदुत दुर्गा प्रशाद भण्डारी, साथै कुवेतवासी नेपालीलाई धन्यवाद दिदै राजदूतावास सँग हातेमालो गरेर नेपाल र नेपालीहरुको हक हितको लागि काम गर्ने वाचा बताएकी हुन । कार्य व्यस्तताका बाबजुद पनि आफ्नो अमुल्य समय उपलब्ध गराएकोमा कार्यक्रम टिम तथा महामहिम नेपाली राजदुत दुर्गा प्रशाद भण्डारीलाई हृदय देखि नै धन्यवाद तथा आभार प्रकट गरेकी थिईन। कार्यक्रमको अन्त्यमा अध्यक्ष पौडेलले सभापतित्वको तर्फबाट सफल कार्यकालको शुभकामना सहित कार्यक्रम सम्पन्न भएको घोषणा गरेकी थिईन ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...