Friday 20th February 2026

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन आज, खेल भने एक हप्ता पहिलेदेखि खेलिंदै


तितोपाटी – आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालगञ्ज रंगशालामा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रतियोगिताका खेलहरु शुरु भएको एक सातापछि बल्ल अाैपचारिक उद्घाटन हुन लागेको हो । प्रतियोगिताको समापन भने बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

वैशाख ११ गतेसम्म हुने प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २११ खेलाडीको सहभागिता रहेको छ । तीमध्ये दुई हजार ८ सय २५ पुरुष र दुई हजार ३८६ महिला खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा फुटबल, एथलेटिक्स, बक्सिङ, भारोक्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्कीसहित ३५ खेलहरु समावेश गरिएका छन् ।

प्रतियोगिताका खेलहरु बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना हुनेछ । बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।

त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङटेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ ।

बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...