Monday 26th October 2026

सोलुबाट काठमांडौ जादै गरेको जीप ओखलढुंगामा दुर्घट्ना, ६ जनाको मृत्यु


तीतोपाटी- सोलुखुम्बु जुनबेशीबाट काठमांडौको लागि छुटेको जीप ओखलढुंगामा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र ३५ वर्षीय नोर्बु शेर्पा रहेका छन् । दुई जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

घाईतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा हर्कपुर प्रहरी चौकीबाट प्रहरी टोली पुगिसकेको र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ । प्रहरीका अनुसार बा १६ च २२०७ नम्बरको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...