Friday 2nd May 2025

खाडी मैत्री एनआरएनए


सुरज मास्के – आधा भन्दा धेरै मध्यपूर्वमा कार्यरत नेपाली पासपोर्ट धारीहरु आफुलाई गैर आवसीय नेपाली हाइनौं भन्ने कुरामा विश्वास गर्छन र गैर आवसीय नेपाली संघको जरुरी मध्यपूर्वमा छैन भन्ने गर्छन् । विदेशमा रहेर कुनै पनि संघ संस्था या परोपकारी पत्रकारीता गर्नु सजिलो अवश्य छैन र हुँदैन । विशेषगरी मध्यपूर्व र मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपालीहरु भनेको घरको समस्या टार्न खुशी बेचेर खुशी किन्न चाहने नेपालीहरु भएकाले पनि केहि समय निकालेर संस्थाको लागि खट्नु, समाज सेवा गर्नु आफैमा ठुलो योगदान हो नेपाली समाजको लागि ।

गैर आवसीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदले यस संघको बारेमा सबै तहका नेपालीहरुलाई बुझाउन नसक्नु, नचाहनु या समय जुराउन नसक्नुले विशेषगरी हामी मध्यपूर्वमा रहेका नेपालीहरु नै घाटामा गइरहेका छौं । मध्यपूर्वका गैर आवसीय नेपाली संघका राष्ट्रिय सम्मनवय परिषदहरु खालि केही व्यक्तिलाई टिकट उपलब्ध गराउनु, लासलाई नेपाल पठाउन खर्च जुटाउनुमा मात्र नेपाल राज्यले नागरिकलाई गर्नै पर्ने  कमाइ रहेको छ । अनि कुनै पनि नेपाली संघ संस्थाका कार्यक्रममा व्याच लगाएर अघिल्लो कुर्सीमा अतिथिको रुपमा विराजमान हुनुमा गर्व गरिरहेका छौं ।

अहिले अन्तराष्ट्रिय सम्मेलनको मिति तय भइसकेकोले राष्ट्रिय सम्मन्वय परिषदले पनि पार्षद भेला गर्दै नयाँ कार्यसमितिको चयन गर्ने प्रकृया शुरुहुने अवस्थामा छ । यसै सन्दर्भमा परिषदलाई भन्दा पनि यस क्षेत्रमा कार्यरत नेपालीहरुलाई केहिकुरा राख्न चाहेको हुँ ।मध्यपुर्वमा धेरै नेपालीले भन्ने गरेको या फेसबुकमा गरेको टिप्पाणी हेर्ने हो भने कोहि पनि यस संघले राम्रो काम गर्‍यो भन्न भन्दा यसले गरेन, यस संघको काम छैन, यति त हाम्रो जिल्लाको संस्थाले पनि गरेका छन् , यसमा सबै नराम्रा व्याक्तिहरु मात्र छन्, यो धनीका मात्र संस्था हो भन्ने देखिन्छ । तर एक सभ्य नागरिक भएर यस संस्थाले किन अपेक्षा अनुरुप काम गरेन यसलाई राम्रो र सक्षम बनाउन के गर्नु पर्छ त्यो कहिेल्यै भनेनौं । हामी आफै अग्रसर भएर सक्रिय रुपमा लागेनौं र लाग्नेहरुलाई हौसला बढाउनुको साटो पदाधिकारीबाट कहिले सानो गल्ति हुन्छ र खोतलौं भन्ने कुरामै अल्झियौं ।

हामी मध्यपूर्वमा कार्यरतहरु कसैलाई गाह्रो पर्दा आफ्ना परिवारको गाँस काटेर भएपनि मन खोलेर सहयोग गर्न तत्पर हुन्छौं भन्दा गर्वले यो छाति फुलिन्छ म पनि मध्यपूर्वमा कार्यरत नै भएकोले यति हुदाहुंदै पनि नमिठो तीतो तर सत्य के हो भने जसरी संसारमा ४ प्रतिशत ढनाढ्यले ९६ प्रतिशत माथि राज गरेका छन्, त्यसरी नै हामी माथि राज गर भनेर हामी नै आग्रह गरिरहेका छौं अन्यलाई । एनसीसीको अधिवेशन होस् या आइसीसीको, चुनावको बेलामा आफ्नो सदस्यताको रकम कसले तिरीदिन्छ त्यसैलाई जिताउने भन्ने सोच धेरैको हुन्छ । आफ्नो घर आफै बनाउन पर्छ भन्ने कुरा हामी सबैले याद गर्नुपर्छ । २–४ छाकको खाना र १–२ वटा बोत्तलको पानीले हाम्रो घर बन्दैन । बरु हामीले अहिले खाई पाइ रहेको २–४ छाक खाना कटौति गरेर भएपनि सहि भिजन र सा्ेंच भएको हाम्रो आफ्नै लिडर चुन्न सक्नु पर्छ राष्ट्रिय परिषद र अन्तराष्ट्रि परिषदमा अनि मात्र हामी अधिकारका साथ भन्न पाउछौ यस संघले मध्यपूर्वका लागि के गर्‍यो  या गरेन ।

युएई र ओमनमा यस संघको आधिकारीक दर्ता भइ सकेको छ क्रमशः नेपाली कम्युनीटी र नेपाल सोसीयल क्लबको नाममा भने अब यसरी नै अन्य राज्यमा समेत दर्ता प्रकृया बढाउन पर्ने हुन्छ र समस्यामा परेका नेपालीलाई सहयोग गर्न होस् या नेपालको पर्यटकीय स्थालको बारेमा जानाकारी गराउन अथवा वैदेशिक लागानी भित्राउन एनआरएनएले महत्वपूर्ण भुमिका खेल्न सक्छ । यसका लागि मध्यपूर्वमा रहेका हरेक राज्यका परिषदले तोके अनुसार आफै अग्रसर भएर पञ्जिकृत सदस्यता लिनु पहिलो अनिवार्यता हो भने अन्तराष्ट्रि परिषदको भेलामा समेत सकेसम्म धेरै सदस्यहरु उपस्थित भई योग्य र सहि उम्मेदवारलाई जिताउनु पर्ने हुन्छ । हामी धेरै नेपालीहरु दशैंमा घर जाने गछौं त्यही परिवारलाई छुट्टाएको केही समय काटेर सम्मेलनमा सहभागी भै खाडीको मुद्धा उठाउन अहिले देखि नै तयारी गर्नु पर्ने हुन्छ ।

हामी सबै अब आफै अग्रसर हुने र सहभागी हुने बेला आएको छ । आऔं सबै मिलि छाता संगठन जस्तै एनआरएनएलाई छाता संगठन बनाऔं, धनिहरुको होइन धनि बन्न सिकाउने संस्थाको रुपमा विकास गरौं, समृद्ध नेपालको सपना साकार बनाउन यस संघलाइ सक्दो योग्य बनाऔं । खाडी मैत्रि बनाउन हामी खाडी कै जागरुक हुनपर्छ जागरुक बनौं।

(लेखक – एनआरएनए कुवेतका सल्लाहकार हुन)


सम्बन्धित शीर्षकहरु

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली वीरगञ्ज निवासी प्रिशा शाह भएको खुलेको…

शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागिमात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले…

जेरुसेलम: तेल अभिभ र जेरुसेलम जोड्ने प्रमुख राजमार्ग बन्द भएको र चालकहरूलाई आफ्ना कारहरूबाट भाग्न बाध्य पारेको डढेलो निभाउन टोलीहरू…

प्रतिकृयाहरू
...